समाचार सुदुरपश्चिम प्रदेश

कैलाली मा “घाेडाघाेडी सांगीतिक तथा पर्यटन महाेत्सव” आज देखि सुरु

  • राम विश्वकर्मा 

माघ २, कैलाली । स्वास्थ , शिक्षा , सुचना बिकासकाे अभियान,कृषि ,संस्कृति र पर्यटन हाम्रो हाम्राे पहिचान भन्ने मुल नाराका सात घाेडाघाेडी मिडिया संञ्चार समूह काे आयाेजनामा कैलाली काे घाेडाघाेडी नगरपालिका १ सुखडमा आज देखि “घाेडाघाेडी सांगीतिक तथा पर्यटन महाेत्सव आजदेखि सुरु भएकाे छ ।

घोडाघोडी नगरपालिकामा रहेका पर्यटकिय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, माघी होमस्टेको प्रचार प्रसारका लागि महोत्सवको आयोजना गरिएको आयोजक घोडाघोडी मिडिया सञ्चार समुहले जनाएको छ।

घोडाघोडी मिडिया सञ्चार समुहका अध्यक्ष हरेन्द्र चौधरीको सभापतित्वसंगै सुरु भएकाे कार्यक्रम का प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश का उधाेग पर्यटन बन तथा वातावरण मन्त्री माया भट्ट रहनुभएकाे थियाे ।

महोत्सव उद्घघाट्न कार्यक्रममा प्रदेश सभा सदस्य अमर साउँद, रत्न थापा, जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापा, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी लगायतको सहभागीता रहेको थियो।

महाेत्सव मुल समिति सदस्य हाेम प्रसाद अाचार्य स्वागत मन्तव्य संगै सुरु भएकाे कार्यक्रम काे संञ्चालन पत्रकार एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक प्रकाश मिश्रले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *