गोकुल दुग्घ उत्पादक सहकारी संस्था लिमिटेडको २६ औं साधरणसभा सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

माघ २, तिलोतमा । गोकुल दुग्घ उत्पादक सहकारी संस्था लिमिटेड तिलोत्तमा १२ बर्मेलीटोल रुपन्देहीको को २६औं साधरणसभा तथा २७ औ बार्षिक उत्सब आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हरि काफ्लेको अध्यक्षता र तिलोत्तमा १२ का अध्यक्ष सहदेब थारुकोे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सस्थाका अध्यक्ष हरि प्रसाद काफ्लेले बार्षिक कार्यक्रम प्रस्तुत गर्दै दुध उत्पादन बृद्धी गर्नेगरि सहकारीले आगामी दिनमा कार्यक्रम सन्चालन गर्ने बताउनु भयो । कार्यक्रममा तिलोत्तमा १२ का वडा अध्यक्ष सहदेब थारु र वडा सदस्य हरि गौतमले नगरपालीका कृषि क्षेत्र र किसानको लागी हरदम तयार रहेको बताउनु भयो ।

कार्यक्रममा परिचित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यादव प्र अर्यालले किसानको पक्षमा अझैपनी सरकार गम्भिर हुन नसकेको भन्दै किशान खुसी हुन नसक्दा सम्म आर्थिक क्रान्ती सफल नहुने दाबि गर्नुभयो । उहाले सहकारीले ग्रामीण क्षेत्रका बासीन्दामा बचत सङ्गै स्वरोजगारीको श्रृजना गरेको बताउनु भयो ।

साधरणसभामा अशल किसान, जेष्ठ जागरिक एस ई ई मा उकृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोरा छोरी र स्थापना दिवसका अबसरमा आयोजना गरिएका बिभिन्न प्रतीयोगीताका बिजेताहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा सहकारीको बिकाशका लागी कलम चलाएको भन्दै रेडियो लुम्बिनीका कार्यक्रम संयोजक प्रकाश गौतम लाई सम्मान गरिएको थियो । सस्थाका उपाध्यक्ष बिष्णु प्रसाद गौतमको स्वागत रहेको कार्यक्रम सञ्चालन सस्थाका ब्यबस्थापक युगराज पान्डेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस