समाचार

पर्यटन तथा धार्मिक स्थल लेखपोखरालाई संरक्षण गर्नु सबैको दायित्व : सचीव कार्की

  • मनोज कार्की

माघ २, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ छापहिलेको छापमा अबस्थित लेखपोखरा भएको माघेसक्रान्ती मेला सम्पन्न भएको छ । समापन कार्यक्रम नेकपाका सचिव वीर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी र्काकीले मालिका गाउँपालिकाको लेखपोखरा पर्यटन तथा धार्मिक स्थल भएकाले यसको संरक्षण गर्नु सबै दायित्व भएको बताए ।

नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपामा लिएको र यस अबशरमा लेखपोखरालाई देश बिदेशमा चिनाउन सकेमा लेखपोखरा मन्दिर र जिल्लाले नै स्वदेशी तथा बिदेशी मुद्रा आर्जन गर्ने सकिने भएकाले यसको प्रचार प्रसारमा सबैको ध्यान जानू पर्ने नेकपाका सचीव तथा कार्यक्रमका प्रमुख अतिथि कार्किले बताए ।

जिल्लामै पर्यटन तथा धार्मिक महत्व बोकेको लेखपोखरामा राजनीति नगरी लेखपोखरा मन्दिरको बिकास गर्नेमा आफू लगाएत गाउँपालिका बासि सबै एक्यवद्धता भएर लाग्नु पर्ने पनि सचीव कार्किले बताए ।

लेखपोखरा माघेसक्रान्ती मेला ब्याबस्थापन समितिको आयोजनामा पौष २९ गते देखि माघ १ गते सम्म सन्चालन गरिएको कार्यक्रममाले लेखपोखरा चिनाउन ठूलो मदत पुगेको भन्दै मन्दिर ब्याबस्थापन समितीलाई विशेष धन्यवाद समेत कार्किले दिएका थिए ।

कार्यक्रमको दोस्रो अर्थात् अन्तिम दिन लेकपोखरामा बृहत सास्कृतिक कार्यकम भएको छ । कार्यक्रममा लोकदोहोरी गायक श्रीस देबकोटा ,हरिमाया रायमाझी , लक्ष्मण खडका , अनिल खत्री , हास्य कलाकार गोबिन्द बस्नेत लगायत स्थानीय कलाकारको बेजोड पस्तुती रहेको थियो । कार्यक्रममा दर्शकहरुले भरपुर आनन्द लिएको पाइएको छ ।

बिगतका बर्ष भन्दा यस बर्ष श्रदालु भक्तजन तथा दर्शकको निकै घुइँचो लागेको लेकपोखरा मेला मन्दिर ब्याबस्थापन समिती अध्यक्ष रेखा कुमार जिसिले जानाकारी दिए । बिदेशी तथा स्वदेशी दाजुभाइ तथा विभिन्न संघसस्थाको सहयोगमा निर्माण गरिएका मन्दिरमा श्रदालु भक्तजनको घुइँचो देख्दा निकै खुसी लागेको मेला ब्याबस्थापन समिती अध्यक्ष जिसिले बताए ।

मेलाको अबलोकन गर्नको लागि इस्मा, अर्जै , अमरपुर , घमिर , छापहिले, अर्खाबाङ , मर्भुङ लगाएतका वडाबाट दर्शकहरु बाक्लो उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *