समाचार

झोलुङ्गे पुलबाट दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हाम फाले

माघ २ धादिङ । धादिङ बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हामफालेका छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामहाल्दा महिलाको मृत्यु भइसकेको छ भने ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका श्रीमान विनय लामिछानेको भने उद्दार भएको धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले बताए । उनले भने, ‘उनी अहिले हाम्रो नियन्त्रणमा छन् । किन हामफाले भन्ने विषय खुलिसकेको छैन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *