चीनमा कोरोना भाइरसबाट ९ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 माघ , ८ एजेन्सी। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको बताएको छ ।आयोगका अनुसार भाइरसबाट ४४० व्यक्ति संक्रमित भइसकेका छन् । देशको सरकारी स्वास्थ्य निकायले अहिलेसम्म पूर्ण रुपमा पहिचान भइनसकेको कोरोनाभाइरस म्युटेट(उद्विकास) हुनसक्ने र त्यस अवस्थामा परिस्थिति निक्कै डरलाग्दो हुने चेतावनी दिएको छ ।

‘२०१९ नोभेल कोरोनाभाइरस’ नाम दिइएको भाइरसले स्वासप्रस्वास नलीलाई आक्रमण गर्ने गर्छ । विश्व स्वास्थ संगठनले बुधबार नै कोरोनाभाइरससम्बन्धमा आकष्मिक बैठक बोलाएको छ । वैठकमा कोरोनाभाइरसको प्रकोपलाई विश्वव्यापी जनस्वस्थ संकटकाल घोषणा गर्ने नगर्ने विषयमा चर्चा हुनेछ ।

बुधबार चीनको स्वशासित क्षेत्र मकाउमा पनि एक संक्रमित भेटिएका छन् । चीनले कोरोनाभाइरसको प्रकोपलाई सार्स महामारीकै हाराहारीमा वर्गिकरण गरेको छ । यस वर्गिकरणमा परेका रोगका विरामीलाई अनिवार्य एक्लै छुट्याइन्छ र यात्रामा क्यारेन्टाइनको व्यवस्था गरिन्छ ।

भाइरस मानिसबाट मानिसमा सर्ने खालको भए पनि धेरै संक्रमित भने जनावरबाट संक्रमित भएको देखिएको छ । तर चिनियाँ अधिकारीले संक्रमणलाई विस्तार हुन नदिन विभिन्न कदम उठाइरहेका छन् । रोगको पहिलो पटक पहिचान भएको उहानमा मानिसलाई घरबाहिर ननिस्कन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस