अवैध रूपमा प्रवेश गर्नेलाई सात दिनभित्र फिर्ता गर्न नेपाल र चीनबीच सम्झौता

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 माघ , ९काठमाडौँ । चीन र नेपालबीच एक अर्काको देशमा अवैध रूपमा प्रवेश गर्ने नागरिकलाई सात दिनभित्र फिर्ता पठाउने गरी सम्झौता भएको खुलेको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा भएको ‘सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता’ सरकारले प्रतिनिधिसभामा दर्ता गराएपछि उक्त प्रावधान सार्वजनिक भएको हो ।

‘दुवै पक्षका सीमा प्रतिनिधि र सक्षम निकायहरूले गैरकानुनी रूपमा सीमा पार गर्न खोजेका व्यक्तिको सम्बन्धमा अनुसन्धान गर्नेछन्, नीहरूको पहिचान, तथ्य र कारण यथासम्भव चाँडो यकिन गर्नेछन् र हिरासतमा राखेको सात दिनभित्र निजलाई सीमा पार गर्नुभन्दा अगाडि बसेको अर्को पक्षतर्फ हस्तान्तरण गर्नेछन् ।’

उक्त सम्झौताको धारा २६ को २ मा लेखिएको छ, ‘त्यस्ता व्यक्ति निर्धारित समयमा हस्तान्तरण गर्न वा प्राप्त गर्न नसकिएमा अर्को पक्षका सीमा प्रतिनिधि र सक्षम निकायहरूलाई तिनीहरूको बारेमा र सोको कारण बारेमा जानकारी दिइनेछ ।’

प्रतिक्रिया दिनुहोस