कपिलवस्तुमा रहेको एनसेल टावरमा आगजनी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

माघ १३, कपिलवस्तु ।  कपिलवस्तुमा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेका छन् । बाणगंगा न।पा। १० स्थित पटनामा रहेको एनसेल टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष कुमार जोशीले टावरमा सामान्य आगजनी भएको बताउँदै आगजनी गर्ने समूहको खोजी भइरहेको बताउनुभयो । आइतबार राती टावरमा आगजनी हुँदा सामान्य क्षति भएको छ । प्रारम्भिक अनुमान अनुसार आगजनीमा नेत्रविक्रम चन्द विप्लव समूह संलग्न रहेको आँकलन गरे पनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस