नेकपा गंगादेव गाउँपालीकाद्धारा संगठन विस्तारमा तिव्रता

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सन्दिप डाँगी, रोल्पा

माघ १७, रोल्पा । पाटी एकता पछि नेकपा गंगादेव गाउँपालीकाले संगठन विस्तारलाई तिव्रता दिएको छ । संगठन विस्तारको पहिलो दिन गंगादेव गाउँपालीका ७ जायचौरमा २९ सदस्सीय वडा कमिटी गठन गरिएको हो ।

रोशन वलीको संयोजकत्वमा सम्पन्न भएको वडा कमिटी गठन कार्यमा अन्य प्रदेश तथा जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । हिजो गठित कमिटीको अध्यक्षमा जयप्रकाश घर्ति र सचिव सुकराम वली चयन हुनु भएको छ । सोही गाउँपालीकाको ६ नम्वर वडा राँकको ताप्लामा संगठन विस्तार गरिएको छ । उक्त वडामा कमानसिङ खत्रीको अध्यक्षतामा २९ सदस्सिय वडा कमिटी गठन गरिएको छ । नव गठित कमिटीको सचिव नरेन्द्रवली हुनु भएको छ । नेकपा गंगादेव गाउँपालीकाले सबै वडामा यहि माघ २२ गते भित्र वडा कमिटी गठन गर्ने कार्य सम्पन्न गर्ने जनाएको छ । आज सम्पन्न संगठन विस्तार कार्यक्रमको प्रमुख अतिथीमा प्रदेश कमिटी सदस्य दिलबहादुर खत्री रहनु भएको थियो भने कार्यक्रमको विशिष्ट अतिथीहरुमा जिल्ला कामिटीका सदस्यहरु रहेको आयोजकले जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस