भगत सर्वजित सिप विकाश कार्यक्रम अन्तरगत लिबाङमा तिन महिने कम्प्यूटर तालीमको उद्घाटन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सन्दिप डाँगी

माघ १८,रोल्पा । भगत सर्वजित सिप विकाश कार्यक्रम अन्तरगत रोल्पा नगरपालीका २ लिबाङमा तिन महिने कम्प्यूटर सम्बन्धि तालीमको आज उद्घाटन गरिएको छ ।

घरेलु तथा साना उद्योग विकाश समितीले आयोजना गरेको तालिम रोल्पा नगरपालीका वडा नं २ मा संचालन हुने छ । घरेलु तथा साना उद्योग विकाश समिती रोल्पाका उद्योग अधिकृत तिलकराम वलीको अध्यक्षताबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिती रोल्पाका प्रमुख राजबहादुर वुढा रहनु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती रोल्पाका सदस्य  कर्मलाल परियार, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द, जिल्ला समन्वय समिति रोल्पाका प्रमुखका स्वकिय सचिव बिमल वुढा,  आइसिटी कम्प्युटर इन्ष्टिच्युडका अध्यक्ष पदम शाही लगाएतको रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी वुढाले तिन महिनाको कम्प्युटर तालीममा एक उर्जावान र दक्ष प्राविधिक जन्मिने भन्दै उहाले पहिलो कुरा सिप सिक्न आग्रह गर्नु भएको छ । सिप भए पनि नपढेका खण्डमा जिवन कष्टकर हुने भन्दै उहाले पढाइ संग संगै सिपलाई पनि अगाडि वढाउनु आग्रह गर्नु भएको छ । तिन महिनाको अवधिका सिप सिके वेरोजगार बस्न नपर्ने समेत उहाको जिकिर रहेको थियो ।

तालिमको प्रशक्षिकको रुपमा निमबहादुर वस्नेत र पुर्णबहादुर विष्ट रहनु हुने आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालनल घरेलु तथा साना उद्योग विकाश समिती रोल्पाका सामाजिक परिचालक प्रेमबहादुर विष्टले गर्नु भएको थियो ।

तालिम आगामी बैशाख १८ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस