नागरिकको सहयोग विना प्रहरी एक्लै सफल हुदैन : डिएसपी चन्द

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, बाँके । भर्खरै सरुवा भएर आउनु भएका ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले नागरिकहरुको सहयोग बिना प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न नसक्ने र आम नागरिकले पनि प्रहरीको हाकिमलाई भेटेर आफ्नो गुनासो राख्न पाउन पर्ने वताएका छन् ।

खबर 24 नेपाल र एबिसी संचार सङगको कुराकानीमा उनले नागरिक पनि विना वर्दिका प्रहरी भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिनेमा जोड दिए । उनले प्रहरी भित्र पनि केही कमिकमजोरि रहेको भन्दै त्यसलाई सुधार गर्दै रणनितिक कार्ययोजनाका साथ अघि बढीरहेकोे वताए । पछिल्लो समय नेपाल प्रहरी लोकप्रिय बन्दै ग्एको भन्दै । जनताको सुरक्षाको लागि डिएसपी चन्द रातभर हाइबे गस्तीमा हिने गरेका पनि छन । उनले प्रहरीको सङख्या बढउने कि स्रोत साधन र प्राविधिले भरिपूर्ण गराउने अहिले मुख्य वहसको विषय भएको वताए ।

प्रहरीभित्र राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दन्डको वयवस्था कडाईका साथ लागू भएको डिएसपी चन्दले वताउनु भयो । यसले प्रहरीलाई थप मर्यादित र अनुशासित बनाउन ठुलो मदत पुगेको चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस