• २०८० चैत्र १६ गते शुक्रवार

कोरोना भाइरसको संक्रमणबाट बच्न के के गर्ने हेर्नुहोस उपायहरु

कोरोना भाइरसवारे सबभन्दा पहिला जानकारी दिने चीनका नेत्र विशेषज्ञ ली वेनलियाको मृत्यु
खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

माघ २५,काठमाडौं । आजभोलि पत्र पत्रिकालगाएत सामाजिक सञ्जालहरुमा व्यापकरुपमा चर्चाको विषय बनेको छ कोरोना भाइरस ।छिमेकी मुलुक चीनबाट शुरु भएर विश्वव्यापीरुपमा फैलदै गएको र यस ”नोवल कोरोना भाइरस” संक्रमणको प्रकोप दिनानुदिन वढ्दै जाँदा मानिसमा त्रासको वातावरण सृजना भएको छ ।

विश्वका करिव दुई दर्जनभन्दा वढि मुलुकमा फैलिइसकेको यो भाइरसबाट वच्नको लागि विभिन्न देशहरुले प्रयत्न गरिराखेका कुरा विभिन्न समाचार माध्यमहरुमा आउँदै गर्दा हामी नेपाली कसरी सचेत हुने भन्ने विषयमा गम्भीर ध्यान जानु जरुरी छ । अहिलेसम्म चीनबाट फर्केका एक नेपाली विद्यार्थीवाहेक यो रोगको भाइरस अन्य कसैमा नदेखिएतापनि कयौं मानिसहरु अन्जानमा वसिराखेको अवस्था हुनसक्छ । नोवल कोरोना भाइरसवारे सबभन्दा पहिला जानकारी दिने चीनका नेत्र विशेषज्ञ ली वेनलियांले यो रोग संक्रमितलाई उपचार गर्दै गर्दा उनी आफैको मृत्य भएको खवर छ जसले गर्दा चीनका जनता झन आतंकित भएका छन् ।

वरिष्ठ श्वास प्रश्वास तथा छाती रोग विशेषज्ञ डा रमेश चोखानीका अनुसार कुनैपनि संक्रमित व्यक्तिको उचित व्यबस्थापन गरिएन र समयमा नै सचेत नहुने हो भने यसले झन हजारौं संकमित जन्माउन सक्छ, चीनबाट फर्किएका वा विरामीको सम्पर्कमा रहेका जो कोहिलाई पनि क्वारेनटाइनमा राख्ने, अर्थात् संक्रमित सम्भावना भएको व्यक्तिलाई केहि समय आइसोेलेसनमा राखियो भने अन्यलाई सर्ने कम सम्भावना हुन्छ । सामान्यतय यस रोगका लक्ष्यणहरु : ज्वरो आउने, रुघा खोकि लाग्ने, श्वास फेर्न असजिलो हुने, शरिर दुख्ने आदि हुन्छ र यो अश्वभाविकरुपमा देखिन्छ ।

तसर्थ यस रोगको उपचारको लागि अहिलेसम्म कुनैपनि औषधि तथा खोप पत्ता नलगाइसकेको अवस्थामा चिकित्सकको भनाईअनुसार यसबाट बच्नको लागि निम्न कुरामा ध्यान दिन जरुरी देखिन्छ :

 १) विदेसबाट आउने पर्यटक या नेपालीहरु जोसुकै भएपनि केहि दिन आइसोलेसनमा राख्ने,
२) चीन भन्दा वाहेक अन्य मुलुकबाट यदि कुनैपनि मानिसहरु आएका छन् भने केहि दिन अर्थात् (करिव १४ दिन ) आफ्नो परिवारबाट पृथक रहि वस्ने र सवैले मास्क प्रयोग गर्ने,
३) बारम्वार सावुनपानीले हात धुने, कुनैपनि व्यक्तिलाई हाच्छिउ आयो भने पकेट रुमाल नभई टिस्यु पेपर प्रयोग गर्ने, एक व्यक्तिबाट अर्को  व्यक्तिको दुरी कम्सेकम एक मिटर राख्ने, हात नमिलाउने,
४) श्वास प्रश्वासको माध्यमबाट बढि सर्ने भएकोले भरसक त्यस्ता व्यक्तिको नजिक नवस्ने र हिड्दा या भिडभाडमा जाँदा होस् माक्स         अनिवार्य प्रयोग गर्ने,
५) चिकित्सकका अनुसार घरपालुवा जनावरबाट खासै रोग सर्ने सम्भावना नरहेको पाइएको,
६) यो भाइरस अलि बढि पाका उमेरका व्यक्तिहरुलाई चाँडै सर्ने सम्भावना भएको हुँदा उमेरमा पाका व्यक्तिहरु जाडो र निमोनिया हुनबाट सजग रहनुपर्दछ, यो लक्ष्यण देखा पर्दा एन्टिवायोटिक औषधिले काम नगर्ने भनाई चिकित्सकको छ र यदि यस्ता किसिमका लक्ष्यणहरु देखा परे भने तुरुन्त नजिकको अस्पत्तालमा गई चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

तसर्थ यो समाजमा आजभोलि दिनानुदिन मानिसहरुको जनसंख्याको चाप वढ्दै गइरहेको अवस्थामा तपाई हामी सवै जना यस सम्बन्धमा सचेत हुनु जरुरी छ र विदेसीको भनाईअनुसार एक घर एक डाक्टर नभएपनि कम्सेकम हामी सचेत नागरिकहरुले आफुले थाहा पाएको या पत्रपत्रिकामा पढेका आधिकारिक जनचेतनामुलक कुराहरुको जानकारी आफुले पनि लिने र अरुलाई पनि दिने बानि बसाल्ने हो भने हाम्रो जस्तो अविकसित समाजमा रहेका हरेक मानिसहरुलाई राहतको अनुभव हुन्छ र हरेक समस्यासँग जुध्नसक्ने वातावरण सृजना हुने कुरामा कसैको दुई मत नहोला कि ?

प्रतिक्रिया दिनुहोस