प्रहरी नायव उपरीक्षकले दिए गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाइ एक महिनाको पारिश्रमिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, चितवन । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर धितालले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ आफ्नो एक महिनाको पारिश्रमिक बराबर ४० हज़ार ३ सय ८० रूपियॉ धनधान्याञ्चल महायज्ञमा प्रदान गर्नु भएको छ ।

भरतपुर महानगरपालिकाको वडा नं. १५ रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले आकार लिँदै गइरहेको छ । क्रिकेट रंगशाला निर्माणको क्रम तीव्ररुपमा अगाडि बढिरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महायज्ञ आयोजना भई रहेको छ ।

निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा शुक्रबारमात्रै आठ करोड ६० लाख उठेको छ । शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुको समेत सहभागी भएको थियो ।

विभिन्न संघसंस्था, दाता र स्थानीय सरकारले सहयोगको घोषणा गर्ने क्रम जारी छ । धुर्र्मुस सुन्तली फाउण्डेशनको अगुआईमा निर्माण भईरह्को रंगशाला समग्र खेल जगतकै मुहार फेर्ने योजना भएकोले सम्पुर्ण नेपालीले आ-आफ्नो दक्ष अनुसार सहयोग गर्नु पर्नेप्रहरी नायव उपरीक्षक कृष्ण बहादुर धितालले वताए ।

प्रतिक्रिया दिनुहोस