हावा चल्यो गीत तथा म्यूजिक भिडियो बौद्धमा विमोचन

Khabar24Nepal Author Logo..
कमान पुन मगर पढ्न लाग्ने समय : २ मिनेट

माघ २९,काठ्माण्डौ । लोक तथा दोहोरी गायिका सर्मिला तामाङको गीति कोसेली हावा चल्यो सिरीरी गीतको मंगलबार विमोचन गरिएको छ ।

काठ्माण्डौको बौद्ध स्थिति डिग इन रेटुरेन्टमा एक औपचारिक कार्यक्रमका विच म्यूजिक भिडियो सहितको नयाँ लोक दोहारी गीत विमोचन गरिएको हो । गायक तथा सर्जक सर्मिला तामाङले शव्द तथा लय संकलन गर्नुभएको उक्त गीतमा गायक सर्मिला तामाङ र पाशाङ लामाले स्वर भर्नु भएको छ ।

सुजु श्रेष्ठ र सुरज घिसिङको अभिनय रहेको उक्त म्यूजिक भिडियो को निर्देशन चर्चित नृत्य निर्देशक शिव विकले गर्नु भएको छ भने म्यूजिक भिडियो दर्शक श्रोताका लागी सार्वजनिक गरिएको छ । गाउँघर मेलापातको सम्झना दिलाउने नयाँ लोकदोहोरी गीत हावा चल्यो सिरीरी ले स्थानिय साँस्कृतिक तथा सुन्दर प्राकृतिक गाउँठाउँको वर्ण गर्दै चोखो मायाँ पिरतिमा बाँध्ने कोसिस गरेको छ ।

घर त मेरो सिक्ले डाँडैमा हावा चल्यो ए कान्छी ए कान्छा बस आडैमा भन्ने गितको बोल बाटै प्रस्ट हुन्छ साँचिकै मायाँ गर्ने जोडीले एक अर्कालाई दुख शुखमा सहयोग गर्छन् र जिवन भर साथ दिन्छन् भन्ने सन्देश यस गीतले दिन खोजेको छ ।

यस लोक दोहोरी गीतमा स्थानिय मौलिक शव्द प्रयोग गरिएकोले नेपाली श्रोता दर्शकहरुको मन जित्नेमा आफु आसाबादी रहेको गायक पाशाङ लामाको भनाई छ । साथै गायक पाशाङ लामाले स्वदेश विदेशमा रहनुहुने सबै नेपाली दाजुभाई दिदीबहिनीहरुले गीत सुनेर भिडियो हेरेर सल्लाह सुझाव दिन पनि अनुरोध गर्नुभएको छ । म्यूजिक भिडियोका मोडल सुरज घिसिङले चर्चित नृत्य निर्देशक शिव विक सँग काम गर्न पाउँदा सारै खुसी लागेको बताएका छन् भने यो गितमा काम गर्ने अवसर दिएकोमा सर्जक सर्मिला तामाङ लगायत गित तथा म्यूजिक भिडियो निर्माणको सबै टिमलाई धन्यवाद दिनुभएको छ ।

नयाँ लोक दोहोरी गितहरु मध्यको हावा चल्यो सिरीरीलाई पनि सदावहार चलिरहने गीतको रुपमा लिईएको छ । गायक तथा सर्जक सर्मिला तामाङको अध्यक्षता तथा समाजसेवी अग्रज बुद्धिजिवी पदम बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विमोजन कार्यक्रममा अग्रज कलाकारहरुको विशिष्ट आथित्यता रहेको थियो ।

विमोचन कार्यक्रममा गीत सँगित प्रेमी, अग्रज वुद्धिजिवी, समाजसेवी, कलाकार, पत्रकार सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन भुमिका तामाङले गर्नुभएको थियो ।

 भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस