सप्ताह ब्यापी खेलकुद प्रतियोगिता सुनवलमा सम्पन्न

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २,
सुनवल । “स्वास्थ्य नै ठुलो धन हो” भन्ने नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा सप्ताह ब्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

सिद्धार्थ शिशु सदन ईङ्गलिस बोडिङ्ग स्कुल सुनवलको आयोजनामा माघ २६ गते आईतबारदेखि सुरु भएको सप्ताह ब्यापी खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । आउदो फागुन १६ गते हुने सिद्धार्थ शिसु सदन ईङ्गलिस बोडिङ्ग स्कुल सुनवलको बार्षिक उत्सव तथा अभिभावक दिवशलाई लक्षित गरी आईतबार देखि सुरु भएको खेल अन्र्तगत शुक्रबार सम्पन्न खेलमा नर्सरीदेखि यु।के।जी र एल् .के.जी.का विद्यार्थीहरुविच वाटर फिल,ईन आउट,हट पोटाटो,चोकोलेट रेस्, बल एण्ड बकेट ,बल क्याच, म्युजिकल चियर लगाएतका खेलहरु खेलाईएको थियो भने कक्षा १ देखि कक्षा २ र कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरु विच म्युजिकल चियर, म्याथ्मेटिकल रेस् गराईएको थियो । यस्तै कक्षा ६ देखि ९ कक्षा सम्मका विद्यार्थीहरु विच कबड्डी, म्युजिकल चियर,सट पुट, सट जम्प,लङ्ग जम्प, लगाएतका खेल खेलाईएको थियो भने कक्षा १० का विद्यार्थीहरुलाई म्युजिकल चियर मात्र गराईएको थियो ।

विद्यालयका प्रधानध्यापक पदम चन्द ठकुरीको अध्यक्षतामा सप्ताह ब्यापी खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस