१५ हजार घुस रकमसहित एक जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, बुटवल । उच्च सरकारी वकिल कार्यालय, बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव रु. १५,०००।– घुस रकमसहित पक्राउ परेका छन ।

उच्च सरकारी वकिल कार्यालय, बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवले ठगी सम्बन्धी मुद्दाको बन्दी प्रत्यक्षिकरणमा सहजिकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घुस गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रु। १५,०००।– ९पन्ध्र हजार० घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला अनुसार उनलाई बुटवल उप(महानगरपालिका वडा नं. ४ दरवारमार्ग स्थित भक्त चिया पसलबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस