वडा अध्यक्ष घुस रकम सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, रुपन्देही । रुपन्देही समरिमाई गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष श्रवण कुमार यादव घुस रकम सहित पक्राउ परेका छन ।

उनले जग्गाको चार किल्ला सिफारिस गरिदिने प्रयोजनका लागि पटक पटक सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले रु. ७०,०००।– घुसलिईरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस