इटहरीमा ५० शैयाको सैनिक अस्पताल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौं । इटहरीमा आधुनिक उपकरणसहितको ५० शैयाको सुविधा सम्पन्न सैनिक अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ । एक समारोहकाबीच अस्पतालको शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् ।

प्रधानसेनापति थापाले अस्पताल सञ्चालनमा आएसँगै सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवारका सदस्य स्वास्थ्य उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

अस्पतालमा जनरल, मेडिकल, डेन्टल, प्याथोलोजी, इएनटी, गाइनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओटी लगायतका सेवाहरु संचालनमा ल्याइएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस