वर्तमान सरकारले नीतिगत र संस्थागत भ्रष्टाचार गर्यो : कांग्रेस महामन्त्री खड्का

Khabar24Nepal Author Logo..
भावना हमाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, दैलेख । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले नीतिगत र संस्थागत भ्रष्टाचार गरेको बताएका छन् । नेपाली कांग्रेस दैलेखद्धारा आयोजित प्रथम जिल्ला सम्मेलनमा उनले जनताको हक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका हुन् । जनताको वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गरेको खड्काले बताए । उनले वर्तमान सरकाले सृजना गरेको डरलाग्दो परिस्थितीसँग सामना गर्न नेपाली कांग्रेसका लागि चुनौतीपूर्ण बनेको धारणा राखे ।

सरकार एकपछि अर्को गर्दै काण्डै काण्डमा मुछिदै गएको बताउँदै महामन्त्री खड्काले भने ‘मुलुक र जनतालाई अहित हुने गतिविधिहरुमा कांग्रेस चुप लागेर बस्दैन् ।’सरकारले गरेका गलत निणर्य र गतिविधिले जनतामा निराशा छाएको उनको भनाई थियो । सम्मेलनमा नेपाली कांग्रेस दैलेखका सभापति कृष्ण बिसीले राजनीतिक प्रतिवेदन, सचिव भुपेन्द्रबहादुर शाहीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पूर्णबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कांग्रेसले अख्तियार सरकारको दबाव र प्रभावमा परेको तथा गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्वा चलाएको दाबी गर्दै आएको र आग्रह पूर्वाग्रह त्यागेर पार्टीलाई मजबुद बनाउनुपर्नेमा जोड नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दिएका छन् । ‘पहिला इमान्दारीताका साथ आफु सुध्रिनुपर्छ, उनले भने गलत प्रवृतिको विरोध गर्न खड्काले कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस