एसपी अशोक सिंहले हुन्डाई ओपन गल्फको उपाधि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं । नेपाल प्रहरीका एसपी अशोक सिंहले हुन्डाई ओपन गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार ३७ स्टेबलफोर्ड अंकसहित सिंहले उपाधि जितेका हुन् ।

उपाधिसँगै सिंहले जीपीएस गल्फ वाच र भी(४ रेन्ज फाइन्डर प्राप्त गरे । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगितामा १ सय २९ गल्फरले सहभागिता जनाएका थिए । टासी छिरिङ दोस्रो र याम गुरुङले तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस