लागु औषध कारोबार गर्ने एकजना लागु औषध सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, तनहु । तनहुबाट लागु औषध कारोबार गर्ने एकजना लागु औषध सहित नेपाल प्रहरीले पक्राउ गरेका छ । जिल्ला प्रहरी तनहुको टोलीले विभिन्न सवारी साधनहरु चेकजाँच गरी दुर्घटना लगायतका अन्य अपराधिक गतिविधी न्युनिकरण गर्नको लागी सवारी साधनहरु, व्यक्ती तथा निजहरुले साथमा लिई हिडेका अन्य सामाग्रीहरु चेकजाँच गर्ने क्रममा अंदाजी १६ ३० बजेको समयमा भादगाउँ तर्फबाट दमौली बजार तर्फ आउदै गरेको ग १५ प २७७७ नं. को पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा लागुपदार्थ भेटिएको हो ।

भादगाउँ तर्फबाट दमौली बजार तर्फ आउदै गरेको ग १५ प २७७७ नं. को पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका वडा नं. ४ का बर्ष २६ को सन्तोष गुरुङले शंकास्पद हरकद देखाएकोले उनको शरिर खानतलासी गर्दा उनले साथमा बोकी लिएको कालो रंगको झोलाभित्र कालो टेपले बेरी प्याकिङ गरी लुकाई छिपाई राखीउको अवस्थामा अबैध लागु औषध डाईजेपामको शिशी थान ४३, फेनरागनको शिशी थान ४२, नुफिनको शिशी थान ४२, नेपाली नगद र मोबाइल सेट समेत फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस