नायब सुब्बा घुस रकम सुहत पक्राउ

Khabar24Nepal Author Logo..
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी घुस रकम सहित पक्राउ परेका छन ।

अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस माग गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले नायब सुब्बा पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ बिच रु. ५,०००।–(पाँच हजार) लिने दिने  क्रममा उक्त रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला अनुसार उनिहरु दुवैलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस