क्यानडाका प्रधानमन्त्री नै श्रीमतीसहित क्वारेन्टाइनमा

Khabar24Nepal Author Logo..
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, एजेन्सी । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् ।

ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायत बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।

उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्ट आइनसकेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस