गुटबन्दीले मौलाएका सुटेड बुटेडहरु

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ५ मिनेट

जहाँनिया राणाशासनकालदेखि नै विधिवत रुपमा मौलाउन खोजेका विभिन्न राजनैतिक दलहरुले केहि क्रान्तिकारी यूवा जमातहरु लिई दलिय प्रावधानअनुरुप शासन विरोधी हतियारकोरुपमा प्रयोग गरेको पाइन्छ । तद्नुरुप २००७ सालमा राणा शासनको अन्त्य भई राजाको अधिकार स्थापित गरी केहि हदसम्म प्रजातान्त्रिक परिपाटीको थालनि भयो तर शासकीय रुवरुप उहि पुरानै पद्धतिमा अल्झिएको थियो ।

एकातिर राजाले पूर्णरुपमा शासन सत्ता आफ्नो हातमा लिन चाहन्थे भने अर्कोतिर राणाहरुको पुरानै संस्कार कायमै थियो । जनता त केवल हात्तिको देखाउने र लुकाउने दाँत भनेजस्तो प्रावधानमा अल्झिरहेका थिए । यसरी २००७ सालदेखि २०१७ सालसम्म राजनैतिक अस्थिरताको दसक भनेर चिनियो २०१५ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेसको बहुमतको सरकार भएतापनि राजाको अगाडि प्रजातान्त्रिक शासन पद्धति चल्न सकेन किनकी त्यस समयमा राजनीति गोरेटोले ठीक मोड लिए पनि पात्रहरु अर्थात नेताहरुमा आत्मविश्वास थिएन र २०१७ सालमा राजा महेन्द्रले एकदलिय पञ्चायती शासन व्यबस्था लागू गरे र तीन दशक सम्म नेपाली जनताले निरंकुश राजतन्त्रको छत्र छायाँमा शासीत भएर वस्न बाध्य भए । २०३६ सालमा भएको जनमत संग्रहमा शासककै पोल्टामा दाउ पर्यो । तैपनि नेपाली काँग्रेस र विभिन्न कम्युनिष्ट घटकहरु मिलेर भित्रिरुपमा आन्दोलनको शँखघोष गरिरहेका थिए ।

जनताको आवाज वुलन्द त्यतिखेर भयो जतिखेर बाम घटक र नेपाली काँग्रेसको सँयुक्त आन्दोलन भयो र २०४६ सालमा बहुदलीय संबैधानिक राजतन्त्रात्मक व्यबस्थाको प्रार्दुभाव भयो र राजाको अधिकार केहि मात्रामा कटौति भयो तैपनि दरवारीया अवशेषहरुकै हालीमुहाली चलि नै रह्यो । सत्ताको स्वादमा रमाउन चाहने प्रजातान्त्रिक पद्धति मान्ने पार्टीहरु पनि राजाकै वरिपरि रमाउन थाले र आफु र आप्mनो सात पुस्ताको जोगो गरी राजाको सेवामा हरपल समर्पित भई सुट र बुटमा कौडा खेल्न थाले । तैपनि राजा महेन्द्र र वीरेन्द्रको पालामा देसमा केहि मात्रामा विकासको लहर देखिएको थियो । उत्तरी चीन र दक्षिण भारतले उनीहरुको स्वार्थमा केहि विकासका कार्यहरुको थालनी गरेका थिए । देसमा कोहि मानिस हताहत हुदापनि अचम्म लाग्दथ्यो । प्रहरी र अदालती कानुन भनेपछि मानिसहरु कायल हुन्थे । गाउँ घरतिर वर र पिपलको चौतारीमा वसि तामाको भाँडो समाई धर्मको नाममा देवताको भाकल गरी पञ्च भलाद्मीले न्यायको छिनोफानो गर्दथे र पनि मानिसहरु सुखि नै देखिन्थे तर देसमा जव २०४६ सालको परिवर्तन भई प्रजातन्त्र आयो अनि विभिन्न समयमा सविधान संशोधन भयो र कुण्ठित भएका जनताका अधिकार केहि हदसम्म फुकाइदै गइयो । मानिसहरुमा पहिला भन्दा केहि स्वतन्त्र भएको आभास हुनथाल्यो ।

फेरि देसमा माओवादी पार्टीले २०५२ सालदेखि जनयुद्धको थालनी गर्यो । दस वर्षे लामो जनयुद्धमा कयौं मानिसहरुले सहादत प्राप्त गरे, कतिका काख रित्तिए त कति घरवारविहीन भए, कयौं भौतिक संरचनाहरु ध्वस्त भए तैपनि जनताले परिवर्तन चाहेकै थिए र पूर्णरुपमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रात्मक व्यबस्था ल्याउने मुल उद्येश्यकासाथ २०६२।६३ सालमा तात्कालिन जनयुद्धको थालनी गरेको माओवादी पार्टी, ने.क.पा.एमाले, काँग्रेसलगाएत अन्य विभिन्न साना साना दलहरु र अन्य विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुको समर्थनमा संयुक्त जनआन्दोलन भयो र राजतन्त्रको २३० वर्षे लामो इतिहास सदाका लागि समाप्त भयो । देसमा गणतान्त्रिक शासन व्यबस्था लागु गर्नको लागि नयाँ संविधानको मस्यौदा वनाउन संविधान सभाको चुनाव भयो जसले २०७२ सालको नयाँ संविधान जन्मायो । गणतन्त्र प्राप्तपश्चात् तीनै तहको चुनाव भई बामपन्थीहरुको लगभग दुई तिहाइको सरकार बनेर अहिले वर्तमान अवस्थामा सरकार संचालनमा छ र चुनावको घोषणापत्रअनुसार विकासको काम कारवाहीमा केहि ढिला सुस्ती र जनअपेक्षानुरुप नभएको भन्ने जनगुनासो विभिन्न सामाजिक संजालहरुमा आइराखेपनि सरकारले दीर्घकालिन विकासे रणनीतिका कार्यक्रमहरुको थालनी भने गरेको छ र कतिपय क्षेत्रमा विकासका पुर्वाधारहरु देखिन थालेको अवस्था छ ।

यति हुँदा हुँदैपनि वर्तमान सरकारका सामु चुनौतिका पहाडहरु भने नतेर्सिएका होइनन् । किनकी एकातिर पुरानो संस्कारमा चलेका राजावादीहरु सलवलाईराखेका छन् भने अर्कोतिर प्रतिपक्ष दल नेपाली काँग्रेस कमजोर अवस्थामा भएतापनि उसको प्रतिकुल वातावरण बन्नासाथ विरोधका आवाजहरु गुन्जाउन थाल्छ र संसदीय कारवाहीलाई नै अगाडि वढाउन दिदैन । त्यस्तै सत्तापक्षका केहि जनप्रतिनिधिहरुलाई भने विरालोको घाँटीमा घण्टी सावित भएको छ । किनकी लाभको पदमा वसेका केहि जिम्मेवार नेताहरु, प्रशासनिक कर्मचारीहरु, ठेकेदारहरु, म्यानपावरका कमिसनखोरहरु, मालपोत र नापीका केहि कर्मचारीहरुलगाएतले विचौलियाको साथ लागि असम्भव काम पनि संम्भव तुल्याई आफुनुकुलको काम पट्याइराखेको अवस्था छ । जसले गर्दा कौडीमा नविक्ने मानिसको जीवन अहिले सुटेडबुटेडमा रमाइरहेका छ र तिनैले सरकारको काम कारवाहीलाई ह्यान्डेलिङ्ग गरिराखेको अवस्था छ ।

खासमा भन्ने हो भने देश अभैm पनि दुई चार जना उद्योगी र व्यपारीहरुले चलाईराखेका त होइनन् भन्ने आभास आम सर्वसाधारण मानिसमा छ । जुनसुकै पार्टी भित्र पनि गुट र उपगुटको खेति बल्झिइराखेको छ । जसले गर्दा न त भोट दिने जनताको लागि फाइदा हुन्छ न त देसको लागि । खालि फाइदा छ नेताको अघिपछि लाग्ने सुटेडबुटेहरुलाई मात्र । एउटा युटुवे पत्रकार कुनै पार्टीको नेताको अगाडि अन्र्तवार्ताको लागि आए भने मिडियामा चर्चामा आउनको लागि तत्कालिन अवस्थामा पार्टीको निर्देशिका, नीति नियम, विधान तथा अनुशासन सवै विर्सेर भएका र गरेका सवै कुराहरुको रामायण सुनाउन थाल्छन् अनि चर्चामा आइसकेपछि थाह पाउँछन कि भविश्यमा एक जना व्यक्तिको कारणले गर्दा त्यत्रो ठूलो संगठनलाई कति हानि नोक्सानी भयो भनेर । यसरी अहिलेको युग संचारको युग भएतापनि यसका केहि हदसम्म फाइदा त छ नै तैपनि केहि नकारात्मक पक्ष पनि रहेकोले हामी सवैले सामाजिक सन्जाल प्रयोग गर्दा के कस्तो तरिकाले प्रयोग गर्ने भन्ने कुराहरुको जानकारी राम्रोसँग बुझेर मात्र अगाडि बढ्नु उपयुक्त हुनेथियो तर यसो नभई अहिले ने.क.पा.को सरकार हुँदा पनि हरेक क्षेत्रमा केहि न केहि विचौलियाहरुको प्रशासनिक लगायत हरेक क्षेत्रमा प्रभाव परेकै छ र हरेक पार्टी, निकाए तथा अन्य क्षेत्रमा आफु र आफ्नो सात पुस्तालाई कमाउनको लागि गुटबन्दीको भ¥याङ्ग आफैलाई नेताहरुलाई भ्रमको भुमरीमा सत्यनारायणको प्रसाद ग्रहण गर्न लगाई बिचौलिया दलालहरु रातारात मालामाल भई सुटेड बुटेडमा रमाइरहेका छन् ।

त्यसैले सरकार र हरेक पार्टीका जनप्रतिनिधिहरुले समयमा नै यस्ता विचौलियाहरुको हर्कत बुझि सुझ बुझकासाथ प्रशासनिक कार्य अगाडि बढाउने हो भने देश विकास र जनताको समृद्धिको यात्रा तय गर्नको लागि कुनै आइतवार पर्खिनुपर्ने अवस्था आउने थिएन ।

लेखक खबर नेपालका काठमाडौं समाचारदाताका साथै नेपाल दशनामी समाजका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस