विद्यालयका प्रअ घूस रकम सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ५, जनकपुरधाम । विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घूस लिएको आरोपमा धनुषाबाट सामूदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई २ हजार घुस लिँदै गरेको अवस्थामा बुधबार पक्राउ गरेको छ ।

भोलि बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा सहभागी हुने विद्यार्थीले फारम नभरेको र रकम दिए प्रवेश पत्र उपलब्ध गराइदिने भनेपछि विद्यार्थीले उनाई २ हजार रकम दिइरहेका थिए । सोही क्रममा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस