विश्वविद्यालयका परीक्षा स्थगित गर्ने सरकारको निर्णय

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । सरकारले विश्‍वविद्यालयमा चैत महिनामा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको जानकारी दिएका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बनेको कोरोना भाइसर रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले आज सिंहदरवारमा बसेको बैठकले उक्त निर्णयहरु गरेको हो । विश्वविद्यालय, सीटीईभीटी र एसईई परीक्षा पनि स्थगित भएको मन्त्री पोखरेलले बताए । एउटा परिक्षाका लागि जोखिम नमोलौ भनेर सबै परीक्षा स्थगित गर्ने निर्णयमा पुगेको मन्त्री पोखरेलको भनाइ छ ।

सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस