सामाजिक संजालमा स्वास्थ्य क्षेत्रको ट्रोल र यस भित्रको मार्मिक पक्ष

Khabar24Nepal Author Logo..
कमला लुईटेल पढ्न लाग्ने समय : ६ मिनेट

अहिले सामाजिक संजालमा कोरोना भाइरसको सम्बन्धलाई लिएर विभिन्न ट्रोलहरु बनेको देख्न पाइन्छ । तेस्तै स्वास्थ्यसस्थामा काम गर्ने मेडिकल र नन मेडिकल कर्मचारिहरुको , We cannot stay at Home , Proud to be healthcare staff आदि इत्यादि लेखेका पोस्ट र प्रोफाइल फोटोका फ्रेमहरु देखिरहेका छौ । ती ट्रोलहरु झट्ट हेर्दा हासो लाग्दो देखिए पनि गहिराइमा गएर बुज्ने हो भने निक्कै मार्मिक छन ।

ती ट्रोलमध्यकै एक ट्रोलमा एकजना पुरुष माक्स लगाएर हातमा सेनिटाइजर र ज्वोरो नाप्ने यन्त्र बोकेर अस्पतालमा काम गर्ने श्रीमती घर आइपुग्ने बेलामा भनेर लेखिएको देख्न सकिन्छ । हासोको लागि बनाए पनि यो ट्रोल बास्तबमै मार्मिक छ । कोरोना भाइरसको महामारिको सबै भन्दा धेरै जोखिम हुने स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सुरक्षित स्रोत र साधनको अभावमा असुरक्षित तरिकाले काममा गैरहदा उनिहरुका परिवारले समेत कसरी आफुलाइ असुरक्षित महशुस गरिरहेका छन भनेर यो ट्रोलले देखाइरहेको छ ।

आफ्नो ज्यानमा एक मुठी सास छौन्जेल स्वास्थ्य क्षेत्रसङ्ग सम्बन्धित ब्यक्तिहरु बिपत्तिको घडीमा आ-आफ्नो कार्यक्षेत्रमा गर्बका साथ काम गर्न तयार छौ र गर्न चाहन्छौ पनि तर तेस्का लागि सम्बन्धित सबै निकायले हामिलाइ त्यो बाताबरण बनाउन पहल गर्दिनुस। हामी बिरामीको सेवा गरेर ढुक्कसँग आ-आफ्ना बालबच्चा अनि परिवारसङ रमाउन सकौ । बिपत्ति र महामारीमा फेरि पनि हामी सबै एक अर्काको सहारा बनौ। आफू पनि बाचौ र अरुलाइ पनि बचाऔ।

चीन, इटली लगायतका उदाहरण हेर्ने हो भने पनि यो रोगबाट सबै भन्दा बढि जोखिममा स्वास्थ्य सस्थासङ्ग प्रत्यक्ष रुपमा जोडिएका ब्यक्ती नै रहेको देखाएको छ। विकसित मुलुकमा त अत्यावश्यक सुरक्षा उपकरणको प्रयोग गर्दागर्दै पनि स्वास्थ सस्थासङ्ग सम्बन्धित ब्यक्तीहरु धेरै मात्रामा संक्रमीत भैरहेका देख्न सुन्न आइहरेको छ भने नेपालमा स्वास्थ्य सस्थामा काम गर्ने कर्मचारीहरुले अत्याबस्यक सुरक्षा उपकरण त पर जाओस एउटा माक्स र सेनिटाइजर पनि प्रयोग राम्ररी गर्न पाइरहेका छैनन भने यिनिहरु जोखिमबाट सुरक्षित छन भनेर कसरी भन्ने ? अस्पतालमा काम गर्ने कर्मचारीहरु मात्र होइनन बिरामी ओसारपसारमा प्रत्यक्ष सङ्लन हजारौ एम्बुलेन्स चालकहरु नि यो रोगको उच्च जोखिममा रहेका हामिले सजिलै आन्कलन गर्न सक्छौ । आज स्वास्थ्यसस्थासङ्ग जोडिएका ब्यक्तीहरु अरुको ज्यान जोगाउनका निम्ति आफुलाइ चाहिने सेफ्टी हेल्थ इक्युपमेन्ट जस्तै माक्स , सेनिटाइजर बजारको मूल्य भन्दा पनि तेब्बर चौबर मुल्यमा किन्न बाध्य छन र कतिले त किन्छु भन्दा नि पाएका छैनन।

अस्पतालहरुमा सर्जिकल माक्सको मागलाई पुराउन नसकेर बाध्य भएर कपडाको माक्स सिलाएर बाड्नु परेको अबस्था छ । जब कि सबैलाइ थाहा छ कि ती कपडाका माक्स सुरक्षित छैनन भन्ने । सरकार केहिको अभाव छैन भनिरहेको छ तर स्वास्थ्य सस्थाहरुले नै आफ्ना कर्मचारीलाई सुरक्षित आभास गराउनको लागि चाहिने अत्यावश्यक सुरक्षा उपकरण किन्छु भन्दा नि पाइरहेको अबस्था छैन ।

सामाजिक संजाल होस या विभिन्न अनलाइन पत्रीकाहरुमा कोरोना भाइरस र यससङ्ग जोडिएर आएका कतिपय कुराहरुमा अहिलेको अबस्थामा यो रोग एउटा युद्ध र स्वास्थ्यसस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाइ एउटा सिपाहीको उपमा दिएर जस्तोसुकै परिस्थितिमा पनि पछि हट्न नहुने र यदि कोहि हट्न खोज्छ भने त्यो मानवताबिरोधि हो भन्ने सम्म पनि भनेको देखिएको छ । हो यो बेला स्वास्थ्यसस्थासङ्ग सम्बन्धित सम्पूर्ण ब्यक्तीहरु एउटा सिपाही हुन र यो युद्धमा ज्यानको बाजि लगाएर होमिन नि तयार छन तर युद्धमा जान लागेको सिपाहीसङ्ग त प्रतिरक्षाको निमित्त हतियार हुन्छ । तेहि हतियारको आधारले पनि उस्ले निर्धक्क लड्न त सक्छ । प्रतिरक्षा गर्ने हतियार साथमा नहुदा दुश्मन समक्ष आत्मसमर्पण गरेको या मृत्युको सामना गर्नुपरेका कति युद्धका कथा पनि त हामीले सुनेका छौ । विना अत्यावश्यक सुरक्षा उपकरण कोरोना भाइरसको बिरामिको सम्पर्कमा गएर उपचार गर्नु भनेको एउटा स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि बिना हतियार दुश्मनको अगाडि पर्नु जस्तै हो । यस्तो अबस्थामा उ सङ्ग केबल २ वटा विकल्प रहन्छन कि त आफू असुरक्षित हुदा हुँदै पनि लाचार भएर उपचारमा लाग्नु या त काम छोडेर भाग्नु ।काम छोडेर भागौ त पर बसेर हेर्ने जमातको नजरमा मानबता बिरोधी , नालायक भैइन्छ , नभागौ बिना सुरक्षा उपचारमा लागौ त मर्न जस्लाइ नि डर हुन्छ । अर्को कुरा ती स्वास्थ्यसस्थासङ्ग सम्बन्धित ब्यक्तिका पनि परिवार हुन्छन, छोराछोरी हुन्छन, जस्ले कुनबेला आउला भनी बाटो हेरिरहेका हुन्छन । ति आमाहरु जो बिहान आफ्ना सन्तानलाई स्तनपान गराएर अस्पताल जागिर खान गएका छन साझ आएर आफ्ना बच्चालाई फेरि स्तनपान गराउन डराउनु पर्ने अबस्था छ ।

स्वास्थ्यकर्मी तथा कर्मचारी हुन या बिरामी ओसार्ने एम्बुलेन्स चालक साझ घर फर्कदा कतै परिवारमा आफ्नो कारणले यो रोग फ़ैलिने पो हो कि भनेर सशंकित हुनुपर्ने अवस्था अहिले छ । सामाजिक संजालमा होस या विभिन्न न्युजमा स्वास्थ्यकर्मिलाई गलत दर्शाएर औंला उठाउने यहाँहरुलाइ हामी भन्न चाहन्छौ, हो कसैले बिरामी हेर्न मानेन भने त्यो पक्कै गलत हो, उसलाई कामकारबाही गर्ने सम्बन्धित निकाय होलान तर उस्ले बिरामी किन हेर्न मानेन तेस्को कारण बुझ्ने प्रयास गर्नु भएको छ ? ठुला ठुला हेडलाईन राखेर पहिलो हुन तछाडमछाड गर्ने मिडियाहरु यहाको क्यामेराले स्वास्थ्यसस्थाका कर्मचारी हुन या एम्बुलेन्स ड्राइभरले बिना सुरक्षित उपकरण बिरामीको उपचारमा खटिनु परेको देख्नु भएको छ ? हालको अबस्थामा यश महामारीबाट जोगिन सम्पुर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाइ दुरुत्साहन होइन प्रोत्साहनको जरुरी छ भन्ने कुरा आमनागरिकले बुझ्नुपर्छ ।

Proud to be healthcare staff भनेर लेखिरहे पनि स्वास्थ्य सस्थामा फितलो सुरक्षा, अत्यावश्यक सुरक्षा उपकरणको अभावले गर्दा भित्री मनदेखि गर्व गर्न सक्ने अबस्था अहिले छैन । अफ्ट्यारो परिस्थितिमा २४ सै घण्टा पनि पीडितको सेवामा खटिन स्वास्थ्यकर्मी तथा कर्मचारिहरु तयार छन भन्ने कुरा २०७२ सालको भुकम्पपछिको दिनले देखाइसकेको छ । आफुले गरेर हुने सुरक्षा र साबधानी अपनाएर अस्पतालका सम्पुर्ण सेवाहरु खुल्ला चौरमा सारेर पनि दिनरात नभनी , भोकप्यास नभनी सबैको सेवामा खटेको सबैलाइ थाहा छदैछ । कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अत्यावश्यक सामाग्रीहरु सजिलै उपलब्ध गराउने हो भने हामी यो लडाइमा एक भएर जित हासिल गर्न सक्छौ । हामीले साच्चिकै एउटा जिम्मेवार रास्ट्रको जिम्मेवार नागरिकका रुपमा गर्व गर्न सक्छौ । नत्र यसै गरि बिना माक्स, सुरक्षाका उपकरण बिना काम गर्नुपर्ने हो, बिरामीको उपचारमा सन्लग हुनुपर्ने हो भने काम छोडेर हिड्नुको विकल्प हामिमा छैन। आफू नि बाचौ र अरुलाइ नि बचाउ भन्ने नाराका साथ अगाडि बढेका स्वास्थ्यकर्मी तथा कर्मचारी हुन या यससङ्ग सन्लग्न अन्य व्यक्तिहरु नि यस देशका नागरिक हुन र उनिहरुको नि बाच्न पाउने नैसर्गिक अधिकार हो भन्ने सरकार लगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले बुझ्न आबस्यक छ। सरकारले बिशेष परिस्थितिको बिदा बाहेक अन्य बिदाबाट बन्चित गरिसकेको अबस्थामा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आ-आफ्ना कार्यक्षेत्रमा त खटिउला, तर आत्मबिस्वासका साथ रोगिहरुको सेवामा खटिनका लागि सुरक्षित बाताबरणको प्रत्याभूत गराउन पनि सम्बन्धित निकायले ध्यान दिनु आबस्यक छ ।

आफ्नो ज्यानमा एक मुठी सास छौन्जेल स्वास्थ्य क्षेत्रसङ्ग सम्बन्धित ब्यक्तिहरु बिपत्तिको घडीमा आ-आफ्नो कार्यक्षेत्रमा गर्बका साथ काम गर्न तयार छौ र गर्न चाहन्छौ पनि तर तेस्का लागि सम्बन्धित सबै निकायले हामिलाइ त्यो बाताबरण बनाउन पहल गर्दिनुस। हामी बिरामीको सेवा गरेर ढुक्कसँग आ-आफ्ना बालबच्चा अनि परिवारसङ रमाउन सकौ । बिपत्ति र महामारीमा फेरि पनि हामी सबै एक अर्काको सहारा बनौ। आफू पनि बाचौ र अरुलाइ पनि बचाऔ।

प्रतिक्रिया दिनुहोस