दुर्घटना परि गंगादेव गाउँपालिकाका अधिकृत पुन र कम्प्युटर अपरेटर ओलीकाे मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १०, दाङ । दाङमा यात्रुवहाक बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुइ जनाका  मृत्यु भएकाे छ । काठमाण्डौबाट दाङ आउदै गरेको बा ६ ख ३९६७ नम्मबरको बस र लमहीबाट बुटवल तर्फ जाँदै गरेको रा १ ब ८१८ नम्बरको मोटरसाइकल गढ्वा गाउपालिका वडा नं. १ कालाकाटेमा ठोक्किदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दुर्घटनामा  परि घटना स्थलमै रोल्पा गंगादेव गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुनको मृत्यु भएको हाे । साेही दुर्घटनामा परि गम्भीर घाईते भएका रोल्पा गंगादेव गाउँपालिकाकै कम्प्युटर अपरेटर रमेश ओलीको उपचारको क्रममा मृत्यु भएको हाे । ओलीकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

 पुनकाे घर रुकुम त्रिबेणी गाउँपालिका २ खारामा पर्छ भने ओलीको घर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा पर्छ ।

प्रतिक्रिया दिनुहोस