लुकाई छिपाई राखेको मास्क र सेनिटाइजर सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, मोरङ ।  बिराटनगर महानगरपालिका-७ बाट सोही महानगरपालिका-९ बस्ने ४९ वर्षीय राजेश अग्रवाल ११ हजार ३ सय ५० थान मास्क र २ सय एमएलको २ सय बोतल सेनिटाईजर सहित आइतबार साँझ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र बिराटनगर महानगरपालिकाबाट खटिएको संयुक्त अनुगमन टोलीले अनुगमन गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त मास्क र सेनिटाइजर फेला पारी राजेशलाई पक्राउ गरिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस