नेपालगञ्जमा दैनिक उपभोग्य वस्तु प्रर्याप्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, नेपालगञ्ज । नेपालगञ्जमा दैनिक उपभोग्य वस्तुहरु प्रर्याप्त मात्रामा पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सोमबार गरेको संयुक्त बजार अनूगमनमा नेपालगञ्जमा खाद्यान्न, किराना तथा खाना पकाउने ग्याँस प्रर्यापत मात्रामा पाइएको नेपालगञ्ज उप–महानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले जानकारी दिनुभयो ।

टोलीले कमला मेडिसिन, कमला इन्टरनेशनल र कृष्ण इन्टरनेशनल तथा ब्राईट किराना पसल र श्रीष सप्लायर्सको अनूगमन गरेको हो । नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघका अध्यक्ष समेत रहनुभएका ब्राईट किराना पसलका संचालक फनाधर भण्डारीलाई नेपालगञ्जमा खाद्यान्न तथा किराना सामान प्रर्याप्त मात्रामा रहेको जानकारी गराउनुभयो ।

बजार अनूगमनमा बाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, विमल गुरुङ, गणेश कार्की, सुरेशराज पौडेल, गुणस्तर तथा नापतौलका योगेन्द्र पौडेल,खाद्य प्रविधिका नेत्रा पौडेल, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर पौेडल, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमार ठकुरी लगायतको सहभागिता रहेको थियो ।

यसैबीच अनूगमन टोलीले प्रमाणपत्र टाँस नगरेको र मास्कको अधिकतम खुद्रा मुल्य नतोकेको भन्दै कमला मेडिसिन, कमला इन्टरनेशनल र कृष्ण इन्टरनेशनलाई ५०/५० हजार जरिवाना गराएको बाणिज्य कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस