दाङमा लकडाउनको उल्लंघन गर्ने ३ सय ५० सवारीसधान प्रहरीको नियन्त्रणमा

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

चैत ११, दाङ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको जनता कर्फ्युको उल्लंघन गर्ने ३ सय ५० सवारी सधानलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार जनता कर्फ्युको पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधनसँगै चालकलाई नियन्त्रणमा लिएको हो। लक-डाउन उल्लंघन गर्ने २ सय ७३ वटा मोटरसाइकल, ३६ वटा ट्रक, सानो गाडी १३ वटा, टिपर १० वटा, अटो १० वटा, टेक्टर सात वटा र एउटा बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन्।

कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले गरेको लक-डाउनमा अटेर गरी चलेका सवारीसाधनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी खड्काले बताए। उनका अनुसार सबैभन्दा धेरै सवारीसाधन तुलसीपुरमा पक्राउ परेका छन्। तुलसीपुरमा इलाका प्रशासन कार्यालयले एक सय ८७ वटा सवारीसाधन पक्राउ गरेको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय दाङले २४ वटा, जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३२ वटा, वडा प्रहरी कार्यालय लमहीले ४८ वटा, इलाका प्रहरी कार्यालय नारायणपुरले २१ वटा, वडा प्रहरी कार्यालय घोराहीले १८ वटा, इलाका प्रहरी कार्यालय भालुबाङले १२ वटा, प्रहरी चौकी दुईखोलीले ५ र कमिरेचोरले ३ वटा सवारीसाधन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्लामा एम्बुलेन्स, पानी, फोहोर बोक्ने सवारीसाधन सञ्चालनसँगै औषधी, डेरी, खाद्यन्नलगायतका पसलहरू खुला रहेका छन्।

प्रतिक्रिया दिनुहोस