कतार एयरवेजमा आएका १२५ यात्रुको पहिचान

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, काठमाडौँ । गत चैत ४ मा फ्रान्सबाट कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् कतार ट्रान्जिट हुँदै काठमाडौँ आएकी युवतीसँगै यात्रा गरेका १२५ जना यात्रुको पहिचान भएको छ भने अब त्यस विमानमा सवार ३३ जना यात्रुको पहिचा बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापाले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘हामीले कोरोना भाइरस संक्रमित काठमाडौंकी १९ वर्षीया युवतीसँगै आएका अन्य १२५ जना यात्रुको पहिचान गरिसकेका छौँ । सबै यात्रुको नाम र ठेगाना पत्ता लागिसकेकाले उनीहरुसँग स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत सम्पर्क गर्दैछौँ ।’

डिआइजी थापाका अनुसार किशोरी काठमाडौँ आएका दिन कतारका क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ जहाजले उडान भरेका थिए भने तीनै उडानका सबै यात्रुको विवरण उपलब्ध भइसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलका एक अधिकारीले ती यात्रुका राहदानीसहितका विवरणका प्रतिलिपि नेपाल प्रहरीलाई बुझाइसकेकाले अब उनीहरुको बसोबास रहेको स्थानसम्म पुग्न सहज हुने जानकारी दिनुभयो ।

प्रवक्ता थापाका अनुसार पहिचान भएका ती यात्रुको घर ठेगानमा स्थानीय प्रहरी युनिटलाई ‘मुभ’ गराइसकिएको छ । उहाँले भन्नुभयो, ‘स्थानीय प्रहरी युनिटको टोली सम्बन्धित यात्रुको घरसम्म पुग्दैछन् । पहिचान भइसकेका यात्रुलाई तत्कालै क्‍वारेन्टाइनमा राख्दैछौँ ।’

प्रतिक्रिया दिनुहोस