चैत ४ गते कतार एरवेजबाट काठमान्डौ आएका एकजना सल्यानमा भेटिए

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ११, सल्यान । कतार ऐरवेजबाट नेपाल आएका यात्रुहरु मध्ये एक जना यात्रु सल्यानमा भेटिएका छन । सल्यानको दार्मा गाउँपालिकामा वडा नं. १ गोडबांगका २५ वर्षीय जित बहादुर चन्द चैत ४ गतेको जहाजमा नेपाल आएको र उनको साथमा काठमाडौंबाट सोही स्थानका विर्ख बहादुर चन्द पनि हिजो मात्र सल्यान पुगेका दार्मागाउँपालिका का अध्यक्ष निम बहादुर के।सी (अरुण) ले जनाएका छन् ।

उनीहरु काठमाडौंबाट रुकुम झुल्नेटा–रुकुम नुवाकोट हुंदै सार्वजनिक गाडीमा घर पुगेको बताईएको छ । चन्द लगायत उनीहरुको परिवारको स्वास्थ्य परीक्षण गर्नको लागि स्वास्थ्य चौकी इन्चार्जको नेतृत्वमा टोली पठाईएको अध्यक्ष के.सीले जानकारी दिएका छन ।

सरकारले कतारबाट चैत ४ गते काठमाडौं आएको जहाजमा सवार यात्रुहरु मध्ये १९ वर्षीय एक युवतीलाई संक्रमण देखिए पछि सो जहाजमा यात्रा गर्ने यात्रुहरुलाई २४ घण्टा भित्र खोजी गर्न सरकारले विभन्न सूचनाहरु जारी गरेको छ ।

सो दिन कतारबाट क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ जहाजले उडान भरे पनि उनि कुन उडानमा आएका हुन भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस