पूर्वसञ्चारमन्त्री बास्कोटाले ‘कोरोना कोष’ लाई एक महिनाको पारिश्रमिक दिने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौं । पूर्वसञ्चारमन्त्री एवम नेकपा नेता सांसद गोकुल बास्कोटाले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई एक महिनाको पारिश्रमिक दिने हुनुभएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा उहाले एक महिनाको पारिश्रमिक जम्मा गर्ने ट्विट मार्फत जानकारी गराउनु भएको हो ।

उहाले ट्विटरमा भन्नुभएको छ “जस्ले जसरि लिउन त्यो उनको आग्रह वा बुझाईको सिमा भित्रको विषय हो तर मेरो एक महिना को तलब कोरना बिरुध्दको सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।” उहाँले ट्विट गरेर सो जानकारी गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस