लकडाउनकोे उलंघन गरे प्रहरीले पैदल यात्रीलाई पक्राउ गर्ने

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

चैत १२, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले लकडाउनको दोस्रो दिन सडकमा आउने पैदल यात्रीलाई पनि पक्राउ गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनको उल्लंघन गरि सडकमा आउने नागरिकलाई प्रकाउ गर्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लकडाउनको पहिलो दिन मंगलबार जिल्लाका विभिन्न स्थानहरुमा नागरिक सडकमा देखिएको भन्दै दोस्रो दिन बुधबार पनि अटेरी गरि सडकमा आउने नागरिकलाई नियन्त्रणमा लिएर कानुन अनुसार कारवार्ही गरिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल एवंम जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले लगायतले जनाउनु भएको छ ।

जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सडकमा खटेर लकडाउनको पहिलो दिन सडकमा चल्ने सवारी साधनसङ्गै नागरिकलाई पनि सचेत गराएका छन । दाङ प्रशासनले दोस्रो दिन अत्यावश्यक काम बाहेक सडकमा आउने जो कोहीलाई पनि कार्वाही गर्ने बताएको छ । कानुनी व्यवस्था अनुसार प्रहरीले जनता कर्फ्यु उलंघन र अटेरी गर्ने नागरिकलाई १०० रुपैयाँ जरिवाना वा एक महिना कैद वा दुबै सजाय गर्न सक्छ ।कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले गरेको लकडाउनलाई पालना गर्न समेत सबै नागरिकलाई आग्रह गरेको छ। तेस्तै उनले लकडाउनको समयमा सवारीसाधन पनि नचलाउन आग्रह गरेका छन् । पहिले दिन सवारीसाधनलाई नियन्त्रणमा लिएर चालकहरुलाई पुन गल्ती नदोह्राउन सचेत गराएको भन्दै दोस्रो सवारीसाधन चलाउनेलाई कानुन अनुसार कारवार्ही गर्ने चेतावनी दिएका छन ।जनता कर्फ्युमा पत्रकार एम्बुलेन्स, पानी, दुध, ग्यास, तेल लगायत बोक्ने सवारीसाधनलाई भने निर्वाध रुपमा चल्न दिने बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस