आजको मौसम : सामान्यतया मौसम सफा

पहाडी भू-भागका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा
Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । आज दिउँसो देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडि भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ। पहाडी भू-भागका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि भू-भागका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस