अपरिचित व्यक्तिलाई प्रवेश निषेध अभियान चलाउदैं नवलपरासीको बिभिन्न गाउँ

Khabar24Nepal Author Logo..
उमेश बि.क पढ्न लाग्ने समय : २ मिनेट

चैत १३, नवलपरासी । विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड १९)को प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा नेपाल उच्च जोखिमको सुचिमा रहेकोले पश्चिम नवलपरासीको बिभिन्न गाउँटोलमा अपरिचित ब्यक्ति प्रबेश निशेध गरिएको छ।

कोरानाबाट बच्नका लागि सरकारले देशभर लकडाउन गरेपछि देशका अधिकांश सहर सुनसान देखिएको छ। गाउँघरका स्थानीयले लक डाउनलाई गम्भिर रुपमा नलिएपछि नवलपरासीका विभिन्न गाउँ टोलका युवाले सडक नै बन्द गरेका छन् । ‘लक डाउनको पालना गरौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने पोस्टर ब्यानरसहित सरावल गाउँपालिका वडा नं।२ मनरी गाउँका युवाहरुद्धारा अपरिचित व्यक्तिलाई प्रवेश निषेध सहित गाउँ प्रवेश नाकाहरुमा तारवार सहित वाटो बन्द गरिएको सुशान्त शर्माले जानकारी दिनुभएको छ।

युवाहरुद्धारा अपरिचित व्यक्तिलाई प्रवेश निषेधमा सरावल गाउँपालिका वडा नं। २ अहिरौलि, मनरी हेल्थपोस्ट अगाडि , मनरी गाउँ ,बासा जाने बाटो ,परासी जाने बाटो लगाएतको बाटोमा तारवार सहित वाटो बन्द गरिएको छ ।

त्यस्तै जभाभावी सवारी चलाउने र गाउँ बाहिरका मानिसहरुको चहलपहल बढेपछि सुस्ता गाउँपालिका ३ रेवारेता तथा सुस्ता गाउँपालिका वडा नं. ५ मा अवस्थित शिवशक्ति युवा क्लब सकरदिनहीको युवाहरुद्धारा अपरिचित व्यक्तिलाई प्रवेश निषेध भाटा तेर्साएर तारवार सहित वाटो गरिएको छ।

विदेशबाट आएका आफन्तीलाई क्वारेन्टाइनमा पठाउने र जनचेतना जगाउने काम सडक नै बन्द गरेपछि सवारीसाधन सञ्चालन हुँदैन् ।’ जिल्लाको विभिन्न स्थानमा युवाहरुले घर भित्र बस्न, सरकारको आहृानको पालना गर्न र रोगबारे जनचेतना जगाउन लागि परेका हुन् ।

कोरोनाको कहरबाट वचन तथा अपरिचित ब्यक्तिको लागि गाउँमा प्रबेशको लागि चालिएको यो कदम केहि सकारात्मक देखिए पनि बिरामी परेको ब्यक्तिलाई अस्पताल पुर्याउन तथा एम्बुलेन्स आवतजावतमा यो ठुलो बाधा बनेको तिलौलिबासी जितेन्द्र हरिजनले आप्पति ब्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस