७९० लिटर अबैध मदिरा नष्ट

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, नुवाकोट । नुवाकोट प्रहरीले आज ७९० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । अबैध घरेलु मदिरा विभिन्न मितिमा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अबैध घरेलु मदिरा नियन्त्रणको अभियान तथा बर्तमान परिप्रेक्ष्यमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणकालिन अबस्थामा नेपाल सरकारद्दारा लागु गरेको लकडाउनमा अटेर गरी भट्टि पसल सञ्चालन गर्ने विभिन्न स्थानहरुबाट बरामद गरिएको थियो ।

आज दिउसो कार्यालय प्रमुख प्र.उ.अवि नारायण काफ्ले तथा जिल्ला स्थित सामाजिक सञ्जालका प्रतिनिधीहरुको उपस्थितीमा मदिरा नष्ट गरिएको नुवाकोट प्रहरीले जनाएको छ । घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय, नुवाकोटको हाता भित्र खाडल खनी नष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस