सुखमा जस्तै दुःखमा पनि साथ दिन अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको कन्सल्टेन्सीलाई आग्रह

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ५, अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुले बिदेश पठाउन सहयोग गर्ने कन्सल्टेन्सीहरुलाई संकटको बेला सहयोग गर्न आग्रह गरेका छन् ।

उनिहरुले सुखमा जस्तै दुःखमा पनि साथ दिन कन्सल्टेन्सीहरुलाई आग्रह गरेका हुन ।अष्ट्रलियामा रहेका नेपाली विद्यार्थीको छाता संगठन प्रवासी नेपाली विद्यार्थी संगठन अष्ट्रेलियाले विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन । संगठनका संयोजक सम्राट ओलीले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा रहेका सबै नेपालीलाई नेपाली विद्यार्थीको समस्यामा साथ दिन आग्रह गरेका छन

। विज्ञप्तिमा आफूहरु सुरक्षित रहेकाले धैर्य रहन नेपालमा रहेका अभिभावकलाई आग्रह समेत गरेका छन ।

विज्ञप्तिमा भनिएको छ

महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व समुदाय नै आक्रान्त बनेको छ । यसबाट संसारभर रहेका हरेक मुलुक उच्च जोखिममा छन् । महामारीलाइ रोकथाम र न्यूनीकरण गर्न प्रवासी नेपाली बिद्यार्थी संगठन बिभिन्न तवरबाट निरन्तर लागिरहेको कुरा यहाहरुमाझ अवगत नै छ तथापि यस महामारीसँग जुध्ने कार्य निकै नै कष्ट्पूर्ण छ। कठिन परिस्थितिमा संयम र सचेत भै सुरक्षित तवरले बसेर आफू पनि बच्न र अरुलाइ पनि बचाउन आदरणीय बिधार्थि साथीहरुलाइ आग्रह गर्दछौ ।

अहिलेसम्म यहाहरुको धैर्यता, सहयोग र साथ प्रति सिङ्गो प्रवासी नेपाली बिधार्थी संगठन धन्यवाद ज्ञापन गर्दछ । बिपदको यस घडीमा आम विद्यार्थी साथिहरु, नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलगायत बिभिन्न संघ, सस्था, उद्यमी, व्यापारीलगायत सबैमा सहयोगको आह्वान गर्दछौ । बिषम परिस्थितिमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी मध्ये अधिकांश साथीहरुको महिनौ अघिदेखि काम छुटेको र यो क्रम निरन्तर चलिरहेको छ । यहाँको अवस्था दिन प्रतिदिन खस्कदो रहेको छ ।

यहाको दैनिक छाक टार्न, बसेको कोठाको भाडा तिर्न र कलेजको पढाइ शुल्क जम्मा गर्न र तिर्न अहिलेको अवस्थाले निकै हम्मेहम्मे र पार नलगाउने अवस्थाका बिस्तारै सिर्जना हुदै छ । यस बिषम् परिस्थितिको सामना गर्न र गराउनका निम्ति अस्ट्रेलियामा सयौको सन्ख्यामा रहेका कन्सल्टेन्सीहरु,, जसका कारण आज हामी यहा छौ र यो सहकार्य अगामि दिनहरुमा पनि निरन्तर अगाडि बढ्नेमा हामी आशावादी छौं।

विद्यार्थी साथीहरुको त्रैमासिक, पाक्षिक र बार्षिक शुल्क तिरे बापत केही अंश कन्सल्टेन्सी अर्थात मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुहुने तपाइ सबैमा कलेज, युनिभर्सिटीबाट पुग्ने कुरा आम साथीहरुको बुझाइ बिदितै छ । हामी अहिलेको परिस्थितिमा यी सबै मध्यस्तकर्ताहरुमा के आह्वान गर्दछौ भने तपाइहरुको हिजो नेपाल छदा र अस्ट्रेलिया बुझ्नदेखि यहा रहदा समेत भिजा कलेज आदि इत्यादि कुराहरुमा हरकदम दरिलो साथ पाइरहेका छौ, जसको हामी खुलेर प्रशंसा गर्दछौ ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस