आजको मौसम : मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ११, काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशका पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ भने राती देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा र मध्य र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकाले देशका पहाडी भू-भागमा सामान्य र तराईका भू(भागमा आंशिक देखी सामान्य बदली रहेको छ।

प्रतिक्रिया दिनुहोस