• २०८१ बैशाख १३ गते बिहिवार

आजको मौसम : वर्षा को सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । आज दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ। यस्तै राती देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ। जसका प्रभावले हाल देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि बाँकि भू-भागमा आंशिक बदली रहेको छ ।

मौसम महाशाखाले देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सबैलाई सावधानी अपनाउनहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस