आठविसकोट नगरपालिकामा मौरी गोला वितरण

Khabar24Nepal Author Logo..
रुकुम पश्चिम ब्युरो पढ्न लाग्ने समय : २ मिनेट

जेठ ५, रुकुम पश्चिम । कोरोना भाइरस (कोभिड १९) का विचमा पनि किसानका लागी एक जिल्ला बाट अर्को जिल्लामा पु¥याउन चानचुने कुरो होइन । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सञ्चालित युवा जागरण मौरी ब्लक सञ्चालक समितीले आज नगरपालिकाका ३ वटा वडाका कृषकहरुलाई १ सय २० मौरी गोला वितरण गरेको छ ।

कोरोना भाइरसले देशमा लकडाउन जारी रहेको भएपनी मौरी पालनलाई अझै माथि उकास्ने उद्येश्यले लक डाउनकै विचमा मौरी गोला वितरण गर्न सफल भएको युवा जागरण मौरी ब्लक सञ्चालक समितीका सचिव दिपक बारघरेले जानकारी दिनु भयो । उहाँका अनुसार मौरी गोला सल्याण जिल्लाको कालिमाटी गाँउपालिका ३ रामपुर बाट ल्याई यहाँका किसानहरुलाई वितरण गरिएको हो । नगरपालिकाको १४ नम्वर वडाका सवैलाई मौरी गोला उपलब्ध बनाइएको छ । ११ र १३ नम्वर वडाका कृषकलाई केहि मौरी गोला वितरण गरिएको छ ।

युवा जागरण मौरी ब्लक सञ्चालक समितीको आर्थिक वर्ष २०७६/७७ को कार्यक्रम अनुसार प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना मौरी ब्लक कार्यक्रम कृषि विकाश कार्यालय रुकुम पश्चिमको पचास प्रतिशत अनुदान र बाँकी पचास प्रतिशत रकम किसानले आफै बेहोरेका छन । यो कार्यक्रम आठविसकोट नगरपालिकाको ११, १२ ,१३ र १४, नम्वर वडामा गरी ४ वटा वडामा सञ्चालन भएको छ ।

यो पटक २५० गोला वितरण गर्ने लक्ष्य अनुसार पहिलो लटमा ५० घरधुरीलाई १२० गोला वितरण गरिएको छ । अरु बाँकी घार अर्को हप्ता यो पटक वितरण गर्न छुटेका १३ ११ र १२ का किसानलाई वितरण गरिने भएको छ । लकडाउनका कारण कृषकलाई तालिम दिन नसकिएको हुदाँ यदी कुनै समस्या आएमा सञ्चालक समितीलाई सम्पर्क गर्न सकिने पनी समितीले जनाएको छ । यस ठाँउमा प्रसस्त चिउरी, लालीगुँरा लगायत विभिन्न ऋतु अनुसारका धेरै प्रकारका फूलहरु पाइने भएकाले पनी मौरीपालनका लागी उपयुक्त ठाँउ भएको सञ्चालक समिती अध्यक्ष प्रमविर रसाइलीले जनाकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस