दैलेखमा फोनबाट पढाई सुरु

Khabar24Nepal Author Logo..
कर्णाली प्रदेश ब्युरो पढ्न लाग्ने समय : २ मिनेट

जेठ ६, दैलेख । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले सिङ्गो बिश्व समुदाय आक्रान्त भइरहेको छ । यो अबस्थामा शिक्षा क्षेत्र पनि अछुतो रहन सकेन, एसइइ दिन तयार भइरहेका विद्यार्थी भाइबहिनीहरुको अध्ययनको दायरालाइ थप फराकिलो पार्न र परिक्षाको पुर्ब तयारिका लागि जिल्लाको दुल्लु नगरपालिकाको पन्चकोशी ज्वाला मा.वि ले फोनबाट पढाई सुरु गर्ने लागेको प्र.अ गगन बहादुर खड्काले जानकारी दिए ।

आफुले घरमा स्वअध्ययन गरि भएको विषय बस्तुमा सम्बन्धित बिषयको सरलाइ मिसकल गर्ने र सरहरु आफैले फोन गरेर समस्या समाधान गर्नुहुनेछ । शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनको लागी वडाबाट जति सक्दो धरै सहयोग गर्ने दुल्लु नगरपालिका वडा नं १० का वडा अध्यक्ष हर्क बहादुर खड्काले बताए ।

पन्चकोशी ज्वाला मा वि दुल्लु नगरपालिका १० गमौडि दैलेखका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नवीन कुमार योगीले विद्यार्थीलाई पुनर्ताजगी र निरन्तर अध्ययन गर्ने बानीको बिकासका लागि पनि यो कार्यक्रम ल्याउनु परेको बताए । उनले थपे , विद्यार्थी ,अभिभावक र सिङ्गो शिक्षा क्षेत्र नै सुषुप्त अबस्थामा रहेको र ब्युझाउन पनि आबश्यक रहेको बताए ।
सम्पर्कको लागि
उदयराम दाहाल अङ्ग्रेजी ९८६४९४६१७९
शिबराज खड्का अर्थशास्त्र र सामाजिक ९८५८०५३०८५
महेश विक नेपाली ९८६८०३२२६५
महेश खड्का बिज्ञान ९७५८००७८८३ र ९८४८०६१९०१
योगेन्द्र बिक्रम शाह (राजकुमार) शिक्षा ९८४२७९४९५१
भिम प्रसाद दाहाल गणित ९८४८००२६५७
विकाश योगि स्वा.ज.वा ९८४८०६२८४२
र धनराज हमाल बिज्ञान ९८४४८५८६६५
साथै पन्चकोशी ज्वाला मा वि दुल्लुमा अध्ययनरत विद्यार्थीहरुले समय बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म जुनसुकै समयमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस