रुकुम पश्चिममा छुट्टा-छुट्टै ठाँउमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
टेकराज पुन पढ्न लाग्ने समय : २ मिनेट

जेठ ७, रुकुम पश्चिम । रुकुम पश्चिममा छुट्टा छुट्टै ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मुसिकोट नगरपालिका वडानम्बर –७, का २० वर्षिय नरेश सुनारको मृत्यु भएको हो ।

आज दिउँसो मध्यपहाडी लोकमार्ग अन्तरर्गत घोरखानीबाट साखँतर्फ जाँदै गरेको रा १ त २८१७ नम्बरको ट्याक्टर वडानम्बर –८, को किटनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कबिराज रोकायले बताउनुभयो । उहाँका अनुसार उकालो सडकका कारण ट्याक्टर टुर्घटना भई चालक सुनारको घटनास्थलमै मृत्यु भएको र सहचालकको अवस्था भने सामान्य रहेको छ । ट्याक्टर सडकबाट १५ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।

यता आठविसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन । वडा नम्बर ९ राडीबाट खाद्यान्न लिएर जाँदै गरेको ना ६ त ३१३९ नम्बरको ट्याक्टर वडा नम्बर तिन झारमारे नजिकै बसेरामा आज बिहान साढे १० बजेतिर दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन । घाइते मध्ये तिन जनाको अवस्था अली जटिल रहेको र दुई जना सामान्य घाइते भएका इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते भएकाहरु मध्ये वडा नम्बर ३ का २० वर्षीय सुकर विक, सोही वडाका ४० वर्षीय धन बहादुर विक र ४२ वर्षीय रण बहादुर परियारको अवस्था अली जटिल रहेको छ । यस्तै वडा नम्बर ११ सिमबजारका १६ वर्षीय सहचालक सञ्जु विक, वडा नम्बर तिनका राजु रसाइली सामान्य घाइते भएका छन ।

प्रतिक्रिया दिनुहोस