शिखर ईन्स्युरेन्स कम्पनीले थाल्यो कोरोना विमा

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

बैशाख ०९ मुगु । निर्जिवन विमा कम्पनी शिखर ईन्स्यूरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले जिल्लामा कोरोना विमा गर्न शुरु गरेको छ । शिखर ईन्स्यूरेन्सले कोरोना भाईरस लागेपछि उपचारका लागी खर्चको समस्या नहोस भनेर शुरु गरेको विमाबाट जिल्ला मै पहिलो छायाँनाथ साकोेसले आफना सदस्यहरुको कोरोना विमा गर्न शुरु गरेको हो ।

पहिलो चरणमा सहकारी फिल्डमा खटिने ५२ जना कर्मचारी,संचालन समिती र उपसमितीका पदाधीकारीहरुको विमा गरेर सहकारीले कोरोना विमा गर्न शुरु गरेको छ ।सुरक्षाका उपाय अपनाउदा अपनाउदै गाँउ गाँउमा खटिने कर्मचारीहरुमा कहि कतै कोरोना संक्रमण भैहाले उपचारका लागी सहकारी र स्वमं कर्मचारीले व्यभार व्यहोर्न नपारोस र कर्मचारीहरु सुरक्षित र आत्मबलका साथ कार्यक्षेत्रमा खटिउन भनेर सहकारीले कर्मचारीहरुको कोरोना विमा गरि दिएको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताउनु भयो ।

छायाँनाथ सहकारीले कर्मचारी,संचालन समिती र उपसमितीका पदाधिकारीहरुको मात्र नभएर आफना ८ हजार सदस्यहरुको कोरोना विमा गराउने भएको छ ,सस्थाका कोषाध्यक्ष हरि बहादुर शाही यती धेरै सदस्यहरुको एकै चाटी कोरोना विमा गराउने भएकाले विमा कम्पनीसंग केहि सहुलियतका कुरो भै रहेका छन यदि कम्पनी सहमत भएमा प्रति सदस्यको विमामा ५० प्रतिशत सहकारी र ५० प्रतिशत सदस्यले व्यहोर्ने गरि सदस्यहरुको कोरोना विमा गर्न शुरु गर्ने छौ ।

बन्दाबन्धीको बेला सदस्यहरुको आम्दानी नहुने भएकाले यदी कोहि सदस्यलाई कोरोना संक्रमण भैहाले सबै आर्थिक भार उसले व्यहोर्न नसक्ने भएकाले सदस्यमुखि दायित्वका हिसाबले सहकारीले कोरोना विमामा ५० प्रतिशत दायित्व बहन गर्न लागेको पनि कोषाध्यक्ष शाहीले बताउनु भयो । सदस्य बाँचे पो सहकारी, सदस्य नै नरहे कस्को लागी सहकारी, त्यसैले यो माहामारीको बेला सदस्यमुखि सेवामा जोड दिएका छौ, सदस्यलाई राहतका सहयोग पुगोस भनेर जिल्लामा रहेका सबै स्थानिय सरकारहरुलाई प्रति पालिका ५० हजारका दरले आर्थिक सहयोग गरेका छौ,यो बेला समस्यामा परेका सदस्यलाई राहत दिन सहकारीमा समस्यामा परेका सदस्यलाई सम्पर्क गर्न भनेका गरेका छौ,सिमित कर्जा,भुक्तानी दिन शुरु गरेका छौ सहकारीले बताएको छ ।

जिल्ला रहेका ३०० बढि विभिन्न विषयगत सहकारी मध्य आफना सदस्यहरुको कोरोना विमा गर्ने पहिलो वित्तिय सस्था छायाँनाथ बचल तथा ऋण सहकारी सस्था भएको शिखर ईन्स्युरेन्स मुगु शाखाले जनाएको छ । सहकारीले कोरोना विमा गर्ने भएपछि सहकारीका सदस्यहरु खुशि भएका छन । सहकारीका सदस्यप्यातु बुढा यो रोग लागेमा मरिने भयो खर्च पर्च कसरी जुटाउने होला सोचेका थियौ सहकारीले सबै सदस्यहरुको कोरोना विमा गर्ने निर्णय गरेकोमा खुशी भएका छौ । सहकारी हामो्र अविभावक रहेछ दुख्ख सुखमा साथ दिने सुरक्षा गर्दा गदै कोरोना लागेपनि अब चिन्ता छैन उहाँले भन्नु भयो सहकारीको सदस्य भए देखि विभिन्न सुविधा लिएका छौ सानो रकम खोज्न गाँउमा साहु कहाँ हात थाप्नु परेको छैन,सहुलियतमा कर्जा पाएका छौ,बचतमा रामो्र व्याज पाएका छौ,सरसफाई सामगी्र बर्षेनी पाएका छौ हुदा हुदा अहिले महामारीमा ५० प्रतिशत छुटमा कोरोना विमा पाएका छौ ।

ईन्स्यूरेन्सका मार्केटिङ्ग म्यानेरजर लोकेन्द्र बहादुर भण्डारी सस्थागत रुपमा सदस्यहरुको कोरोना विमा गर्ने छायाँनाथ साकोस जिल्ला कै पहिलो भएको छ र हालसम्म पारिवारिक रुपमा कोरोना विमा गर्नेहरु ६० जना पुगेका बताउनु हुन्छ । १ लाख बराबरको सस्थागत,पारिवारिक कोरोना विमामागर्दा प्रति सदस्य ६०० र ५० हजार बराबरको गर्दा ३०० विमाशुल्क लाग्ने र त्यही विमा व्यक्तिगत गर्दा क्रमश १००० र ५०० लाग्ने, विमा अवधी एक बर्ष हुने र विमा दावी पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएको हुनु पर्नेछ ।

जन्मेको ३ महिना देखि ९९ बर्षसम्मका व्यक्तिहरुको कोरोना विमा गरिने पनि मार्केटिङ्ग म्यानेजर भण्डारीले बताउन भयो । यसरी विमा गरेका व्यक्तिहरु स्वदेश मै बसेको हुनु पर्ने यदि विमा गरेर विचैमा विदेशमा गएको भए विमा अवधी मै नेपाल फर्किएमा नेपाल आएको १५ दिन पछि विमा लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस