प्रदेश नं १ का सांसदहरुको स्वाब संकलन सुरु

बजेट अधिबेशनको बैठकमा सहभागी हुन कोरोना जाँच अनिवार्य
Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ०९, मोरङ । प्रदेश नं १ सभाका संसादहरुले कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ । समाजिक बिकास मन्त्रालय मातहतका प्राबिधिकहरुबाट शुक्रबारदेखी प्रदेश सभा सांसदहरुको कोरोना परीक्षण गराउन स्वाब संकलन गराउन थालिएको हो ।

प्रदेश सभा सचिवालयका प्रबक्त्ता राजाराम दाहालका अनुसार शुक्रबार र शनिवार दुई दिन प्रदेश सभाका सभामुख, उपसभामुख , सबै सांसदहरु , कर्मचारी , सुरक्षाकर्मी , पत्रकार र चालकहरुको कोरोना परीक्षणकालागि स्वाब संकलन गरिनेछ । उनका अनुसार जेठ १४ गते दिउँसो २ बजेदेखी प्रदेश नं १ सभाको बजेट अधिबेशन आरम्भ हुने भएकाले प्रदेश सभामा बैठकमा सहभागी हुने सांसद , सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी, व्यावस्थापन गर्ने कर्मचारी , सांसदका चालकहरु अनि संसदिय मामिलामा रिर्पोटिङ गर्ने पत्रकारहरुको कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण गर्न स्वाब संकलन गर्न थालिएको हो ।

परीक्षणमा कोरोना संक्रमण पाइएमा सांसदहरुले बजेट अधिबेशनको बैठकमा सहभागी हुन पाउने छैनन । प्रदेश सभाले कोरोना संक्रमण हुन नदिन समाजिक दुरी बनाएर बजेट अधिबेशन सञ्चालन गर्ने व्यावस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस