संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ०९, काठमाडौँ । मन्त्रिपरिषदले स्वीकृत गरेको नेपालको पछिल्लो नक्सा निशान छापमा प्रयोग गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको छ ।

हालको निशान छापमा भारतले अतिक्रमण गरेको लिम्पियधुरा, लिपुलेक र कालापानी समावेश छैन । आजै बसेको मन्त्रीपरिषद बैठकले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो । वुधबार सरकारले औपचारिक रुपमा अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो । संविधान संशोधनपछि सम्पूर्ण क्षेत्रमा नयाँ नक्सासहितको निशान छापको प्रयोग गरिने छ ।

प्रतिक्रिया दिनुहोस