कोरोना कहरको बिचमा निजी क्षेत्र, “पिडा हेर्दा साधारण भित्र एकदमै जटिल”

Khabar24Nepal Author Logo..
अजय जंग शाही पढ्न लाग्ने समय : ३ मिनेट

विश्व जगतमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९०रोग नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारबाट जारी लकडाउनले नेपाल अधिराज्य भरी निजि ब्यबसायमा ठुलो नोक्सानी भोगिरहनुपरेको छ ।नेपालमा विभिन्न सहरमा रहेको साना तथा मजौला उद्योगहरु, ब्यबसायहरु, होटेल, रेस्टुरेन्ट ,क्याफे, लांउज, कफिसप, चियापसल, केकसप, रात्रीकालिन ब्यबसायहरु डिस्को, क्लब ,डान्स ,दोहोरी ,लाईभ म्युजिक लगायत मेनपावर , जिमखाना, फुटस्ल, पार्क आदि सम्पुर्ण निजि ब्यबसायहरु पुर्णरुपमा बन्द रहेको छ ।

नेपालको आर्थिक, सामाजिक बिकासमा निजि क्षेत्रले ठूलो हिस्सा ओगटेको छ । यस क्षेत्रमा ,ब्यबसायहरुमा काम गर्ने श्रमिक, मजदुर, स्टाफहरु ब्यबसायको क्षमता लगानी अनुसार निंधारण गरिएको हुन्छ । कम्तीमा ३ जना देखि १०, २०, २५ जानालाई रोजगारी दिएको हुन्छ। लकडाउनको कारणले व्यबसायीहरुमा ठूलो चिन्ता, तनाब, डर, त्रास फैलिएको छ । घर भाडा कसरी तिर्ने ? घरधनि लाई कसरी कुरा गर्ने ? घरधनिले सहुलियत दिन्छ कि नाइ ? बैंक तथा बित्तीय सस्था सहकारीहरुमा भउको लोन कसरी तिर्ने ? छुट हुन्छ कि हुदैन ?

यो बोली नंया बानेश्वर ,शन्खमुल, तिनकुने, शान्तिनगर,कोटेश्वर ,पेस्सीकोला, लगायतका आम व्यबसायहरुको दैनिक चिन्ता र बहसको बिसय बनेको छ ।यस क्षेत्रमा घरभाडा रेन्ट सटर भाडा एकदमै मंहगो रहेको छ ।व्यवसायको प्रकृती हेरि हरेक महिना २० ,५०, ७०, ८०हजार १, २, ३, ४ लाख सम्म रहेको छ ।लकडाउनले गर्दा ब्यबसायलाई कसरी अगाडि बडाउने ? क्षतिपुर्ति कसरी ब्यबस्थापन गर्ने ? व्यवसायलाई सरलरुपमा पुरानै स्थितीमा कसरी फर्काउने ? लकडाउन लम्बी रहेको अबस्थामा के गर्ने ? व्यवसायलाई सुचारु गर्ने कि ,बन्द गर्ने कि बिक्रि गर्नेकि ?जस्ता गहन सोच प्रस्नहरु उब्जिएको छ । लाखौंलाख देखि ,करोड सम्म लगानी गरेर कम्पनी ,व्यवसायहरु संचालित गरेको हुन्छ । हजारौं युवा मजदुर ,श्रमिक, विद्यार्थीसङ्ग सम्बन्ध जोडिएको हुन्छ । उनीहरुको भबिस्यसङ्ग जोडिएको हुन्छ । व्यवसायलाई संचालन गर्न बैंक तथा सहकारी सस्था बाट ऋण लिएको हुन्छ । दैनिक व्यवसायमा चाहिने सामानहरु पनि क्रेडिट आएको हुन्छ। निजि व्यवसायको पिडा हेर्दा साधारण देखिएपनी एकदमै जटिल रहेको हुन्छ । व्यवसायिहरु बाट निजि व्यवसायहरुमा सम्बन्धित संघ सस्था, सम्बन्धित निकायहरु, नेपाल सरकारलाई आग्रह ,अनुरोध ,सहयोगको अपेक्षा ,निम्नअनुसार गरिएको छ ।

१.लकडाउन अबधिभरको घरभाडा छुटको लागि सरकारबाट स्थानिय, प्रदेश, केन्द्रिय तह बाटनै निति नियम,बनाउने ।
२. लकडाउन अबधिभरको सरकारी तथा निजि बैंक तथा सहकारी सस्था बाट लिएको ऋण ,लोन मिनाह गर्ने,पुर्णरुपा छुट दिने ।
३. घरभाडा ,व्यवसाय कर मिनाह गर्ने ।
४. बिद्युत मा छुट दिने ।
५. आउँदो बर्षको बजेटमा, सुरुबाती, मध्यकालिन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्ने ।
६. सरकारी तथा निजि बैंक तथा सहकारी बाट सहुलियत दरमा ऋण उपलब्ध गराउने ।
७. कार्य क्षेत्र अनुसार व्यवसायको प्रकार हेरेर स्थानिय सरकारबाट घरभाडा सम्बन्धि ऐन, नीति नियम, कानुन बनाइ लागु गर्ने मनपरि भाडा लिनबाट रोकथाम गर्ने ।
८. रात्रिकालिन व्यवसायहरु संचालनमा सुरक्षा कडाइ गरि समय थप गरिदिनुपर्ने।
९. निजि व्यवसायहरु बन्द हुन नदिन, बिरोजगारी समस्या बढनु नदिन सरकारबाट विशेष खालको छिटोभन्दा छिटो आर्थिक ,सामाजिक राहत घोषणा गर्ने।

(लेखक युवा संघ नेपालका नेता तथा युवा उद्यमी समेत हुन ।)

प्रतिक्रिया दिनुहोस