सर्वाधिक कमाई गर्ने महिला खेलाडी : ओसाका

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, एजेन्सी । सर्वाधिक कमाई गर्ने महिला खेलाडीमा जापानी टेनिस स्टार नाओमी ओसाका बनेकी छिन् । अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पछि पार्दै ओसाका विश्वमै सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी हुन् ।

२२ बर्षकी दुई पटककी ग्रान्डस्लाम उपाधि विजेता ओसाकाले पुरस्कार र विभिन्न प्रायोजनबाट ३० दशमलव ७ मिलियन पाउण्ड रकम आम्दानी गरेको फोब्स पत्रिकाले जनाएको छ । लगातार ५ बर्ष शीर्ष स्थानमा कब्जा जमाएकी सारापोभाले र चार बर्ष सर्वाधिक कमाई गर्ने महिला खेलाडी सेरेना विलियम्सलाई पछि पार्दै ओसाका विश्वमै सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी हुन । हैटीमा जन्मिएका बुवा र जापानी आमाबाट जन्मिएकी ओसाका सन् २०२० को सर्वाधिक कमाई गर्ने शीर्ष सय खेलाडीको सुचिमा २९ औं नम्बरमा छिन् । उनी सेरेना विलियम्स भन्दा चार स्थान अगाडी छिन् । उनले पछिल्लो १२ महिनामा ओसाकाले ३८ बर्षकी सेरेना भन्दा १ दशमलव १५ मिलियन पाउण्ड रकम बढी आम्दानी गरेकी छिन् ।

फोब्सले सन् १९९० देखि महिला खेलाडीको बार्षिक आम्दानी सार्वजनीक गर्दै आएको छ । प्रत्येक बर्ष सार्वजनीक गरिने सुचिमा टेनिस खेलाडी शीर्ष स्थानमा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस