थप ३२ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५४८

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थप ३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ५४८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलवस्तुका ८ जना, सर्लाहीका १३ जना, बारा र काठमाडौंका १ १ जनामा कोरोना संक्रमण देखिएको हो । यसैगरी प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरेको परिक्षणमा रूपन्देहीको ८ जना र भरतपुर अस्पतालमा कोभिड १८ प्रयोगशालामा गरेको परिक्षणमा चितवनका १ जनामा कोरोना संब्रमण देखिएको हो ।

मन्त्रायका अनुसार उहाँहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ र उहाँहरू सबैको अवस्था सामान्य रहेका छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस