त्रिवेणीमा धनगढीबाट ५६ जना भित्रिए

Khabar24Nepal Author Logo..
राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : २ मिनेट

जेठ १०, बाजुरा । कोरनाको संक्रमण बढिरहेकाे बेला जिल्लामा भित्रिने क्रम भने बढ्दै गएको छ । शुक्रबार मात्र जिल्ला सदरमुका मार्तडीमा पाँच स्थानीय तहका ४३ जना भारत तथा देश भित्रका विभिन्न शहरमा बस्दै आएका नागरिकहरु भित्रिएको दोस्रो दिन त्रिवेणी नगरपालिकामा शनिबार ५६ जना भित्रिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका ५६ जना धनगढीमा लामो समय देखि लकडाउनका बेला बसेर आएकाहरु शनिबार नगरमा आएको नगरपालिकाका नगर प्रवक्ता प्रेम थापाले जानकारी दिएका छन् । शनिबार मात्र धनगढीबाट आएका नगरपालिकामा आएका वडा नम्वर ३,४,५,६,७ र ८ वडाका ४३ जना नागरिक र सात जना भारतबाट आएको त्रिवेणी नगरपालिका ३ का वडाध्यक्ष मीन भण्डारीले बताएका छन् ।

उनका अनुसार धनगढीबाट आएका ४३ जना र भारतबाट आएका सात जनालाई तोली स्वास्थ्इ चौकी र तोली देवलडाँडा माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको बताए । लकडाउनका बेला भारत र देश भित्रका विभिन्न शहरमा बस्न निकै सकस भएपछिद उनीहरु नगरपालिको बनाएको क्वारेन्टिमा बस्ने सहमतीमा जिल्ला भित्रिन थालेको नगरपालिकाका नगर प्रमुख रामसिं रावलले बताएका छन् ।

भारतका विभिन्न ठाउँमा कामको शिलशिलामा गएका र देशका विभिन्न शहरमा मजदुरी र अध्ययन गर्न गएकाहरु नगरपालिकासंगको समन्वयमा फर्काउन थालेको नगर प्रमुख रावलले बताए । जिल्लामा आउनका लागि भारतको पलियाबाट ५० जना शनिबार बाजुराका लागि हिडेको खवर आएको छ । भने ६० जना भोलि मात्र बाजुराका लागि आउने तयारी भइरहेको वडाअध्यक्ष भण्डारीले जानकारी दिए ।नगरपालिकामा दैनिक रुपमा ५० जना बढी भारतबाट आउन थालेपछि संक्रमणको जोखिम बढेको अध्यक्ष भण्डारीको भनाई छ ।

नगरपालिकामा आएका नागरिकहरुलाई व्यवस्थापन गर्न नै मुस्किल भएको नगरपालिकाका नगर उप–प्रमुख राधिका सुनारले बताएकी छन् । शुक्रबार मात्र नगर कार्यपालिकाको बैठकले साविकको तीन वटा गाविसमा दुई श्ययाको दरले क्वारेन्टिन बनाउने निर्ण भएको छ । शनिबार मात्र ५० जना नगरपालिकामा आइपुगेका छन्,भने अझै आउने क्रम रहेकाले उनीहरुलाई बस्नको व्यवस्थापनमा सकस भएको नगर उप प्रमुख सुनारले बताइन् ।

जिल्लाका सबै स्थानीय तहमा देश तथा विदेशमा रहेका नागरिकहरु जिल्लामा आउन थालेपछि कोरनाको संक्रमणको जोखिम बढेको छ । भारत र देशका विभिन्न शहरहरुबाट आएकाहरुको चेनजाँचका लागि आवश्यक किट अभाव भएकोले संक्रमणको जोखिम बढ्ने शंकामा सर्वसाधारण त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस